बंगलादेशले पनि दिन मानेन तेल, निर्णयबिनै फर्कियो निगमको टोली
Advertise Here Book Now
काठमाडौं : हवाई इन्धन ‘एयरलिफ्ट’ गरेर ल्याउने वातावरण मिलाउन बंगलादेश भ्रमणमा गएको नेपाल आयल निगमको टोलीले कुनै आधिकारिक निर्णयबिनै स्वदेश फर्किएको छ।
निगमका निमित्त निर्देशक वीरेन्द्र गोइत र मुकुन्दप्रसाद घिमिरेले बंगलादेश पेट्रोलियम कर्पोरेशन(बिपिसि)का अध्यक्ष एएम बडरुड्जासँग भेट्ने प्रयास गरेपनि सफल हुन सकेनन्।
भारतले नेपाल वायुसेवा निगम बाहेक अरु कम्पनीलाई हवाई इन्धन ‘एयरलिफ्ट’ गर्न नदिएपछि विकल्प खोज्न निगमको टोली शनिबार बंगलादेश पुगेको थियो। निगमले हवाइ इन्धन ल्याउने जिम्मा निजी कम्पनी पेट्रोली म्याक्सलाई दिएपनि उसले इन्धन ल्याउन सकेको छैन।
यही कम्पनीलाई बंगलादेशबाट एयरलिफ्ट गरेर हवाई इन्धन ल्याउनेतर्फ पहल गर्न निगम टोली बंगलादेश पुगेको श्रोतले बताएको छ। यो कम्पनीलाई हवाई इन्धन ल्याउन निगमले झन्डै ५० करोड रुपैयाँ निकासा गरिसकेको निगम स्रोतले जानकारी दियो।
बंगलादेशस्थित नेपाली दूतावासमार्फत गरेको भेटको प्रयास असफल भएपछि निगमको टोलीले बिपिसिका एक निर्देशक मोस्ले उदिनलाई भेटेर फर्किएको छ। उदिनसँगको भेटमा पेट्रोलियम पदार्थ आपूर्तिका बारेमा छलफल भएको थियो। बंगलादेशस्थित नेपाली दूतावासका अनुसार बिपिसिका माथिल्लो तहका अधिकारीले आयल निगमको टोलीसँग भेट्नै चाहेको थिएन। दूतावासको अथक प्रयासपछि निर्देशक उदिनसँग भेट्ने समय मिलेको थियो।
स्रोतका अनुसार बंगलादेशमा अहिले भारतले समर्थन गरेको दलको प्रधानमन्त्री भएकोले बिपिसिको टोलीले नेपाललाई सकेसम्म पन्छाउन खोजेको हो। भेटमा उदिनले बंगलादेशको निकासीयोग्य वस्तुमा पेट्रोलियम पदार्थ नरहेको भन्दै आपूर्तिका लागि आवश्यक पूर्वाधार समेत नरहेको जानकारी गराएको स्रोतले बतायो। उनले खाना पकाउने एलपी ग्यासको उत्पादन नरहेको भन्दै दिनै नसक्ने जानकारी दिए।
बंगलादेश अहिलेपनि पेट्रोलियम पदार्थ आयात गर्ने मुलुकमा पर्छ। बिपिसिसँग एलपी ग्यास बोटलिङको लागि प्लान्ट छ तर यो प्लान्टको वार्षिक उत्पादनले २० प्रतिशत मात्रै माग धान्छ। स्रोतका अनुसार हवाई इन्धन ‘एयरलिफ्ट’का लागि नेपाल सरकार र बंगलादेश सरकारबीच सम्झौंता हुनुपर्ने शर्त बिपिसिले राखेको छ। यो सम्झौतापछिमात्र आयल निगम र बिपिसिबीच व्यवसायिक सम्झौंता हुनसक्छ।
व्यवसायिक सम्झौंतापछि मात्रै बिपिसिले एलपिजी बाहेकका पेट्रोलियम पदार्थ दिने आश्वासन दिएको स्रोतले बतायो। स्रोतका अनुसार अन्य पेट्रोलियम पदार्थ ल्याउन स्थलमार्गबाट ल्याउँदा भारतको बाटो हुँदै ल्याउनुपर्ने भन्दै बिपिसिले चासो राखेको थियो। बिपिसिले इन्धन ढुवानीका लागि आवश्यक व्यवस्था नेपाललेनै गर्नुपर्ने शर्त राखेको दूतावासका अधिकारीले बताए।
भारतले नाकाबन्दी लगाउने बित्तिकै बंगलादेशबाट हवाई इन्धन ल्याउने निर्णय नेपालले गरेको थियो। यो निर्णयप्रति सुरुमा बंगलादेश सकारात्मक थियो। तर भारतले एयरलिफ्ट गरेर ल्याउन नदिन दबाब दिएपछि बंगलादेश सरकारपछि हटेको थियो।