आयल निगमले भन्यो– अव तेल र ग्यासको लाइन नबस्नुस
Advertise Here Book Now

काठमाडौं, २३ कार्तिक– नेपाल आयल निगमले विगत ५ दिनदिने सिमित रुपमा पनि इन्धन आउन बन्द भएको र सञ्चिती पनि सकिदै गएकोले अव इन्धन वितरण गर्न नसकिने स्पष्ट पारेको छ । पत्रकार सम्मेलन गरी निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अव सुरक्षा निकाय र अत्यावस्यकीय क्षेत्रलाई वाहेक इन्धन वितरण गर्न नसकिने बताए । उनले अहिले ग्यासको लागि र इन्धनको लागि लाइन वसेकाहरुलाई ग्यास र इन्धन पाउने निश्चित गरेर मात्रै लाइनमा वस्न अन्यथा कष्ट नलिन आग्रह गरे । ‘अहिलेको अवस्थामा ग्यास र तेल पाउने सम्भावना छैन त्यसैले उपभोक्तालाई अनावश्यक कष्ट वेहोरेर लाइनमा नवस्न र सडकमा सवारी साधन नछोड्न आग्रह गर्दछौ’ उनले भने ।  केहिदिनदेखि वायुसेवा निगमले पनि हवाई इन्धन ल्याउन नसकेकोले जहाजलाई समेत इन्धन दिन नसकेको भन्दै उनले सवै वायुसेवा कम्पनीलाई जानकारी गराइसकेको र हिजोदेखि धेरै उडान बन्द भैरहेको जानकारी दिए । खड्काले आफुहरुले बैकल्पिक उपाएका लागि अघि वढाएका कदम अवरुद्ध भएको भन्दै अव सरकारले स्पष्ट्र रुपमा निर्देशन नदिइकन समस्या समाधान हुन नसक्ने बताए । उनले इन्धन आयातका लागि बैकैल्पिक रुपमा विराट आयल र पेट्रो म्याक्सलाई अनुमति दिइएपनि विवादका कारण विराटले हात झिकेकोले बैकल्पिक उपाएले पनि काम नगरेको बताए । उनले अहिलेको अवस्था कायमै रहे भयावह स्थिती आउने भन्दै सरकारले वैकल्पिक उपाएका लागि नयाँ निर्णय नगरेसम्म आफुहरुले केहि पनि गर्न सक्ने अवस्था नरहेको बताए ।  उनले नाकाहरुमा अहिले पनि ठुलो सख्यामा इन्धन ट्यांकर रोकिएर बसेको बताए । विभिन्न नाकाहरुमा पेट्रोलका ६६, डिजलका२५१, मट्टितेलका ४, हवाइ इन्धनका १५ ट्यांकर र ग्यासका ३५१ वुलेट रोकिएको बताए । उनले वैकल्पिक रुपमा चीनबाट तेल ल्याउने भनिएपनि बाटोका कारण व्यवहारिक कठिनाई भएको र चीनले अनुदानमा दिएको मध्ये ६ सय ५० किलोलिटर तेल आइसकेको र अरु आउने प्रक्रियामा रहेको बताए । उनले बैकल्पिक रुपमा ग्यासको बंगलादेशबाट ग्यासको आयात गर्न अध्ययन भैरहेको बताए । यसको लागि निगमको टोलीलाई बंगलादेश पठाउने तयारी भैरहेको समेत बताए ।  - 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्