भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी
Advertise Here Book Now

दाङ–दाङमा भारतीय नम्बर प्लेटको ट्रकमा अज्ञात समुहले आगजनी गरिदिएको चालकले बताएका छन । दाङको घोराहीमा केरा झारेर फर्किदै गरेको युपि५५सी४०२५ नम्बरको ट्रकमा ४–५ जनाको एक अज्ञात समुहले ट्रकमा आगजनि गरेको चालक सुकदेव यादवले जानकारी दिएका छन् । भारतको कृष्णनगरबाट केरा लिएर आएको ट्रक फर्किने क्रममा घोराही–लमहि सडक खण्डको चौपट्टामा रोकेर सो समूहले आगजनी गरेको यादबले बताए । आगजनिबाट ट्रक करिब करिब ध्वस्त भएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिएका छन् । यता प्रहरीले घटनाको प्रकृति हेर्दा आगजनी गरिएको जस्तो नभएको बताएको छ । ट्रकका चक्का र अगाडिको भाग जलेको छ , घटना हेर्दा अज्ञात समूहले आगजनि गरेको जस्तो देखिदैन प्रहरी प्रमुख कडायतले बताए । ट्रकमा आगलागि भएको जानकारी पाए लगत्तै घोराही नगरपालीकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । ट्रका एक जना नेपाली चढेको र आगलागि भए पछि अर्को गाडिमा चढेर गएको सूचना पाए पछि प्रहरीले बास्तविकता पत्ता लगाउन खोजी कार्य तिब्र बनाएको जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्