आन्दोलनले तातेको मधेसमा आजबाट छठ पर्वको उल्लास
Advertise Here Book Now
२९, कात्तिक काठमाडौँ । आजबाट छठ पर्व सुरु भएको छ । आजबाट ब्रतालु महिला पोखरी तलाउमा नुहाएर चोखो भै वस्ने प्रचलन छ । सोमवार बिहान ब्रतालुहरु पुनः पोखरी तलाउमा नुहाएर दिनभर व्रत बसी साँझ माटोको भाडामा अरवा चामलको खिर पकाएर खाने परम्परा छ । अरुवा चामलको खिर खाएर ब्रतको सुरुवात गरेका ब्रतालुहरु मंगवार सौझकाअर्घ र शनिवार भोरकाअर्घ चढाएर ब्रतको समापन गर्छन्। यो पर्बमा ब्रतालुहरु ३६ घण्टासम्म निर्जल र निराहार ब्रत बस्नु परेकाले छठलाई कठोर ब्रतको रुपमा लिईन्छ ।सूर्यपूजाको पर्व छठ कुनै समय प्राचिन मिथिला क्षेत्रमा प्रचलित थियो। कालान्तरमा यो पर्व त्यस क्षेत्रका मैथिली र भोजपुरी भाषी समुदाय हुँदै अन्यत्र फैलिँदै गएको छ। छठ वास्तवमा सहरी मिथिलाको ग्रामिण पर्व हो। यसलाई स्थानीय भाषामा छठी भनिन्छ। खेतिपाती र लोकजिवनसँग यसको गहिरो साइनो छ। छठको सबैभन्दा रोमाञ्चक पक्ष यसको समय, शैली र रमझम नै हो। साँझ अनि मिर्मिरे बिहानीमा ब्रतालुका साथै घरका सदस्यहरुको लस्कर जलाशयसम्म जाँदा र फर्कंदाको दृश्य अत्यन्तै सुन्दर देखिन्छ।

