पूर्वराष्ट्रपति यादव गाउँ फर्के, मधेशको सेवा गर्न आग्रह
Advertise Here Book Now
अमरेन्द्र कुमार यादव, जनकपुरधाम २५ कार्तिक । पूर्वराष्ट्रपति डा.रामबरण यादव मंगलबार आफनो पैतृक गाउँ सपही फर्केका छन् । यादव निकट व्यक्तिहरुका अनुसार दिपावली र छठ मनाउन गाउँ आएपनि उनी समाजिक कार्यहरुमा सक्रिय हुने छन् ।
पूर्वराष्ट्रपति गाउँ फर्किदा स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । यादवलाई गाउँबासीहरुले गाउँमै बसेर समाजिक कार्यमा सक्रिय हुन सुझाव पनि दिएका छन् ।
डा.यादवलाई पुरानै स्वास्थ्य सेवामा फर्केर मधेशका जनतालाई सेवा दिन र समाजिक कार्यमा सक्रिय हुन उनका समर्थकहरुले सुझाव दिएको हो ।
डा.यादवलाई पुरानै स्वास्थ्य सेवामा फर्केर मधेशका जनतालाई सेवा दिन र समाजिक कार्यमा सक्रिय हुन उनका समर्थकहरुले सुझाव दिएको हो ।
मंगलबारदेखि डा. यादवलाई भेट्न स्थानीयबासीहरुको घुँईचो लागेको छ । यादवलाई भेट्न आउने अधिकांशले गाउँमै बस्न यादवलाई सुझाव दिएको हो ।
यता यादव निकट व्यक्तिहरुका अनुसार यादव दिपावली र छठ पछि पुनः काठमाडौं फर्किनेछ ।


