मधेसका माग सम्बोधन गर्न प्रमुख तीन दल एक ठाँउमा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कात्तिक २५ / तराई–मधेसको समस्या समाधानमा केन्द्रित रहेर प्रमुख राजनीतिक दलबीच बुधबार गम्भीर छलफल भएको छ ।एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादीका नेताहरु र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवाबीच छलफल भएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको कार्यवाहक सभापति पौडेलले जानकारी दिनुभयो । दुई दलका नेताबीच भइरहेको छलफलमा नेकपा (एमाले) का उपाध्यक्ष एवम् उपप्रधान तथा रक्षामन्त्री भीम रावल सामेल भएका थिए ।
छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग छुट्टाछुट्टै भेट गरी आपूर्तिमा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्नुपर्ने धारणा राखेको थियो ।
काँग्रेसले बिहीवार मेधसी मोर्चासँग छुट्टै छलफल गर्ने र त्यसपछि एमाओवादीलाई समेत सहभागी बनाएर वार्तामा बस्ने सहमति भएको कावा सभापति पौडेलले बताए । रासस

