वार्ता र आन्दोलनका विषयमा मधेशी मोर्चामा विवाद
Advertise Here Book Now

काठमाडौ २७ कात्तिक । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सरकारसँग गर्ने वार्ताका विषयमा फरक मत देखिएको छ । विरगञ्ज घटनापछि वार्ताको औचित्य सकिएको भन्दै आन्दोलन कडा बनाउने वा वार्तालाई पहिलो प्राथमिकता दिएरु छठसम्म कुनै निर्णय नगर्ने भन्नेमा विवाद देखिएको छ । 
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आन्दोलन थप कडा बनाउने पक्षमा हुनुहुन्छ भने संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आन्दोलन कडा बनाउने अडानमा हुनुहुन्छ । 
सरकारसँगको वार्ताका विषयमा मोर्चामा आन्तरिक छलफल भइरहेको तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो ।  यसैबीच तमलोपाका अध्यक्ष महन्त ठाकुरले  सरकारले वार्ता चाहेको अवस्थामा आपूहरू वार्तामा बस्न तयार रहेको बताउनुभयो ।  जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले कांग्रेस सहितको सहभागिताका नयाँ वार्ता टोली आबश्यक रहेको बताउनुभयो । मधेसमा दुई मोर्चाको बटमलाइन नै दुई प्रदेश रहेको बताउनुभयो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्