नाकाबन्दी खोल्न र मधेसी मोर्चाका बारेमा छलफल गर्न राजनीतिक समितिको बैठक जारी
Advertise Here Book Now
काठमाडौं, २७ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय नाकाबन्दीलगायतका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन र उसले उठाएका मागको सम्बोधनका विषयमा छलफल हुने बुझिएको छ । शीर्ष नेतृत्वमा मधेसी मोर्चासँग अनौपचारिक छलफल भइरहेका बेला उच्चस्तरीय समितिको बैठक बसेको हो ।
समितिले तयार पार्ने ठोस योजना र नीतिमा रहेर मधेसी मोर्चाको माग सम्बोधन गरिनेछ । त्यसै गरी नाकाबन्दीका विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने बुझिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी छ । बैठकमा समितिका संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी ओली तथा अन्य सत्तारुढ दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ


