पेरिसमा अन्धाधुन्द गोली प्रहार र विस्फोट, १२० भन्दा बढीकाे मृत्यु
Advertise Here Book Now




२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको गोली प्रहार र विस्फोटमा एक सय २० को मत्यु भएको छ ।

घटना लगतै फ्रास्सले राष्ट्रिय आपतकालको घोषणा गरेको छ । सबै सीमाहरु बन्द गरिएको छ भने मानिसहरुलाई घर बाहिर ननिस्कन भनिएको छ ।

पुलिसका अनुसार मध्य पेरिसको बालिक्यान कनसर्ट हलमा मात्र १०० भन्दा बढीको मृत्यु भएको छ । पेरिसको नेशनल स्टेडियम बाहिर पनि विस्फोट भएको छ ।विस्फोट आत्मघाती हुनसक्ने अनुमान गरिएको छ । विस्फोटको समयमा भित्र स्टेडियमा फ्रान्स र जर्मनीबीच मैत्रिपूर्ण फुटबल भइरहेको थियो ।

खेल हेर्न फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड पनि रंगशालामा पुगेका थिए । विस्फोटपछि सुरक्षाकर्मीले उनलाई सुरक्षित रुपमा बाहिर लगेको छ ।

आक्रमणको यो घटना पेरिसको स्थानीय समय अनुसार रातको करिव नौ बजे भएको थियो ।

अहिलेसम्म घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तर, चरमपन्थी संगठन इस्लामिक स्टेटका समर्थकहरुले सामाजिक सञ्जालमा पेरिस आक्रमणको प्रसंसा गरेको बीबीसीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्