सिरहा प्रहरी कार्यलयमा कुटाकुट
Advertise Here Book Now
संतोष कुमार साह सिरहा, ३० कार्तिक । जिल्लामा हुने विभिन्न प्रकारका विवादहरुलाई समाधान गर्ने प्रमुख निकाय जिल्ला प्रहरी कार्यालय सिरहा हो । जहाँ विवादलाई साम्यपारी दोषीलाई आवश्यक कारवाहीको कठघरामा ल्याउने गरेको हुन्छ । तर, आइतबार जिल्ला प्रहरी कार्यालय सिरहामा विवाद साम्य हुनुको साटो झन बढ्यो जसका कारण जिल्ला प्रहरी कार्यालय सिरहामा खटिएका प्रहरीहरुको लागि यस्तो घट्ना पहिलो थियो । सन्दर्भ हो । सिरहाको हकपाडा ८ मा सुर्यनाथ यादव र प्रमोद यादवले संयुक्त रुपमा पोखरी ठिका लिएको छ । पोखरीमा पटक पटक विभिन्न समयहरुमा माछा मार्ने गरेको जानकारी पाए पछि सुर्यनाथ र प्रमोदले छिमेकी दिपेन्द्र यादव र राजदेव यादवको घरमा चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा माछा त भेटिएन तर भिजेको बन्सी भेटियो । त्यसकै आधारमा पोखरीका ठेकेदार दुवै जना मिलेर जिल्ला प्रहरी कार्यालय सिरहामा पोखरीमा लुकीछिपी माछा मार्ने गरेको भन्दै दुवै जना विरुद्ध निवेदन दर्ता गरेका थिए । दुवै पक्षलाई मिलाउन र विवाद समाप्त गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार स्थानिय नेता सहित दुवै पक्षलाई कार्यालयमा बोलाएका थिए । कार्यालयमा रहेको गोल घरमा बसेका दुवै पक्ष बिच भनाभन भइरहेको थियो । तर, त्यो भनाभन प्रहरी कार्यालय भित्रै कुटाकुटमा परिणत भयो । जिल्लाको विवाद मिलाउने प्रहरी कार्यालय भित्रै प्रहरी अगाडि र स्थानिय नेताहरुकै बिचमा दुई तर्फी कुटाकुट हुनु आफैमा प्रश्न चिन्ह उठेको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवाली संग कुरा गर्दा उनले भने,‘समाजमा भएका विवादलाई मिलाउनका लागि जिम्मेबार व्यक्तिहरु पनि प्रहरी कार्यालयमा आउने गरेको छ । तर, उहाँहरुले दुई पक्षको विवाद समाधान गर्नका लागि उल्लेखिय भुमिका नखेलेका कारण प्रहरी कार्यालयमा कुटाकुट जस्तो घट्ना पहिलो भएको छ ।’ प्रहरी कार्यालय भित्रमा आइसकेपछि आफै पनि सुरक्षित भएको कुरा सबैलाई बुझ्नुपर्ने आवश्यक छ । तर, प्रहरी कार्यालय भित्रमा यस्तो कार्य गर्नु भनेको नियमकानुन भन्दा बाहिर जानु रहेकाले हामीले तुरन्तै दिपेश यादव र प्रमोद यादवलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गर्ने तरखरमा रहेको उपरीक्षक ज्ञवालीले बताए ।

