प्रचण्ड भ्रष्टाचारी हाईनन् भने सीताले झै अगनी परीक्षा गरी देखाओस - योगेन्द्र यादव
Advertise Here Book Now

संजय सहनी / रौतहट, २९ कात्तिक / भ्रष्टाचार र विभिन्न अपराधिक घटनाको आरोप लागेको एकिकृत नेकपा माओवादिका अध्यक्ष पुष्प कमल दहाललाई आफु माथि लागेको आरोपको खण्डन गर्नुपर्ने सदभावना पार्टीका युवा नेता योगेन्द्र यादवले माग


गरेका छन । संघियता र गणतन्त्रको स्थापना गराउन अगुवाई गरेका प्रभावशाली नेता प्रचण्डले नैतिक रुपमा रामायणमा सीताले अग्नि परीक्षा गराए झै आफु माथि लगाएको भष्टाचार र अन्य मुदाको छानविन गरार्इं आफनो छविलाई स्वच्छ बनाएर अगाडि बढेमात्र जनताले विश्वास गर्ने मधेशी नेता यादवको भनाई थियो ।

प्रचण्ड सच्चा राष्ट्रवादि हुन भ्रष्टाचारको आरोप गलत हुन भने राष्ट्रिय रुपमा छानवीन समिति बनाई जनतालाई प्रष्ट पारोस होईन भने जनताको नजरमा जहिले पनि प्रचण्ड भ्रष्टाचारी नेताकै आशंकामा रहिरहन्छ यादवले रौतहट अनलाईनलाई बताए ।

पार्टीका पुर्व नेता बावुराम भटराई , मोहन वैध , मातृका यादव सहित अन्य कार्यकर्ताहरु र पार्टी बाहिर पनि प्रचण्ड भ्रष्टाचारी भएको अवाज उठाउनेको कमि छैन भन्दै उहाँले जनसेनाको रासन, अवकास, पार्टीको अन्य सेक्टरमा भएको आर्थिक हिनामिनाको आरोप प्रचण्ड माथि छ ।

अन्य नेता माथि आरोप लगाउने प्रचण्ड माथि आफनौ पार्टीबाट लागेको आरोप र भ्रष्टाचारको अभियोगलाई जनतालाई स्पष्ट रुपमा नबताए सम्म जनता अब चुप लागेर नबस्ने अवस्थामा पुगेको बताए । उनले खडा गरेको पार्टी हाल उनकै बोलि र काम कार्वाहिबाट सात ठाउँमा फुटेको यादवले दाबि समेत गरे ।
                                    स्रोत ;रौतहट ऑनलाइन 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्