ओलीको पत्र बोकेर सुटुक्क चीन पसेका मन्त्री पुन इन्धन सम्झौता गरेर नेपाल फर्किदै
Advertise Here Book Now
काठमाडौँ, १ मंसिर - एक साताअघि प्रधानमन्त्री ओलीको पत्र बोकेर उत्तर छिमेकी चीन गएका बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन आज स्वदेश फर्कंदै छन्।
पुन बेइजिङबाट प्रस्थान गरिसकेको र आजै साँझ काठमाडौँ आइपुग्ने उनका स्वकीय सचिव अर्जुन पाठकले जानकारी दिए। पाठकका अनुसार भ्रमण अनौपचारिक भएकाले विमानस्थलमा मन्त्री पुनले सञ्चार माध्यमका प्रतिनिसधसँग बोल्ने कार्यक्रम छैन।
कर्मचारीले आनाकानी गरेपछि चीनसँग इन्धन आयातका लागि व्यापारिक सम्झौताको वातावरण बनाउन मन्त्री पुन गत बुधबार एमाओवादी युवा नेता राजकाजी गुरुङ र व्यसायी नरेन्द्र उलकका साथ सुटुक्क चीन उडेका थिए। पुन र चिनियाँ अधिकारीबीचको वार्तापछि इन्धन आयातसम्बन्धी व्यापारिक सम्झौताको अन्तिम ड्राफ्ट सोमबार तयार भएको छ। सम्झौतामा हस्ताक्षर गर्न केही दिनभित्र नेपाल आयल निगमका अधिकारी चीन जाँदैछन्। -