बाबुरामले मागे जनतासँग नयाँ शक्तिको लोगो, वेवसाइटको नाम र नाराका लागि सुझाव
Advertise Here Book Now

काठमाडौँ, १ मंसिर - डेढ महिनाअघि एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्ने अभियानमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिको लोगो, वेवसाइटको नाम र नारा (स्लोगन)का लागि सर्वसाधारणबाट सुझाव मागेका छन्।

मंगलबार एक सार्वजनिक आह्वान गर्दै भट्टराईले नयाँ राजनीतिक शक्ति निर्माणको चरणमा नयाँ शक्ति निर्माण अभियानका लागि विम्वात्मक चिन्ह (लोगो), वेवसाइटको नाम, अभियानको मुख्य नारा (स्लोगन) को तय गर्नुपर्ने भएकोले सो विषयमा सहभागितामूलक ढंगबाट निर्णय होस् भन्ने हेतुले बढीभन्दा बढी सुझावको अपेक्षा गरेको बताएका छन्।

आफ्नो सुझाव नाम, ठेगाना, पेशा, सम्पर्क नम्बर सहित इमेल ठेगाना पठाउन सकिने छ।

भट्टराईले गरेको सार्वजनिक आह्वान

हामी नयाँ राजनीतिक शक्ति निर्माण अभियानमा केन्द्रित छौं । यसै क्रममा नयाँ शक्ति निर्माणका विभिन्न पक्षहरुमाथिको बहस/छलफल जारी छ । नयाँ शक्तिको निर्माण प्रक्रिया पनि नयाँ नै हुनुपर्छ । हामीले जोड दिने गरेको विषय समावेशी/समानुपातिक सहभागितामूलक लोकतन्त्र नयाँ शक्ति निर्माणको पनि एउटा मुख्य आधार हो । यसै सन्दर्भमा नयाँ राजनीतिक शक्ति निर्माणको चरणमा नयाँ शक्ति निर्माण अभियानका लागि विम्वात्मक चिन्ह (लोगो), वेवसाइटको नाम, अभियानको मुख्य नारा (स्लोगन) को तय गर्नुपर्ने भएको छ । उल्लेखित विषयमा सहभागितामूलक ढंगबाट निर्णय होस् भन्ने हेतुले बढीभन्दा बढी सुझावको अपेक्षा हामीले गरेका छौं । उल्लेखित विषयमा हामी तपाईंहरुको सल्लाह/सुझावका लागि सार्वजनिक आह्वान गर्दछौं । आफ्नो सुझाव नाम, ठेगाना, पेशा, सम्पर्क नम्बर सहित brbsecretariat1@gmail.com मा इमेल गर्नुहोला 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्