दिपावलीको अवसरमा साइकल दौड प्रतियोगिता सम्पन्न
Advertise Here Book Now
दिनेश रसिया, लहान २७ कार्तिक । दिपावलीको अवसरमा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्तरीको मलहनिया वडा नं. ९ दिघियामा शुभ दिपावली तथा छठपर्वको अवसरमा युवालाई लक्षित गरी उक्त साइकलदौडको आयोजना गरिएको थियो । उक्त साइकल दौडमा प्रथम भएका मलहनियाका विनोद यादबलाई नोकिया कम्पनीको सी २ मोवाइल प्रदान गरिएको छ । त्यस्तै दोस्रो भएका दिघियाको मनोज यादबलाई वाल घडी र तेस्रो स्थान प्राप्त गरेका दिघियाकै उदय यादबलाई टेब’ल घडी प्रदान गरिएको छ । त्यसतै सान्तवना पुरस्कार ४थो स्थान प्राप्त गरेका दिघियाकै दिपनारायण यादबलाई प्रदान गरिएको छ

