लहानको महेश किराना एण्ड कोल्ड सेन्टरमा आगलागी
Advertise Here Book Now


फिरोज शेख लहान कार्तिक २७ -
दिपावली मनाउने क्रममा हिजो साझ लहानको रघुनाथपुर् ४ मा रहेको महेश किराना एण्ड कोल्ड सेन्टरमा आगलागी भएको छ । महेश किराना एण्ड कोल्ड सेन्टरका संचालक श्रवन कुमार महतोको अनुसार म बाहिर थिए पसलमा मेरो श्रीमती अनिता देवी महतो र कान्छो छोरा थियो , एक्कासी बिधुतसर्ट भई आगलागी हुदा करिब ५० लाख बराबरको छती भएको रुदै आफ्नो व्यथा सुनाए I आगलागीमा पसलमा रहेको पियपदार्थ ,मदिरा , रिचार्ज कार्ड , दैनिक उपभोगीय सामानहरु पूर्ण रुपले जलेर नष्ट भएका छन् ।

यता प्रत्यक्षदर्शीका अनुसार अनिता देवीले दियो बालिरहेको बेला दियो बाट आगो सल्केर अनिताको लुगामा लागेको र उक्त आगो निभाउने क्रममा पसलमा रहेको पेट्रोलियम पदार्थमा पनि आगो सल्किदा यस्तो ठुलो क्षति भएको बताएका छन् I

यता इलाका प्रहरीकार्यलय लहानका डिएसपी उमा प्रशाद चतुर्वेदीको अनुसार आगलागी बिधुतसर्ट भइ भएको हो वा पेट्रोलियम पदार्थको कारण भएको अनुशन्धान भईरहेको जानकारी दिनुभयो I संगै सम्पूर्ण पसलेहरुलाई अहिलेको अवस्थामा लुकाई छिपाई पेट्रोलियम पदार्थ न बेचन र पसलमा न राखन अनुरोध गर्नु भएको छ I लुकाई छिपाई राखेको पेट्रोलियम पदार्थले ठुलो धन जनको क्षतिहुन् सक्ने बताउनु भयो I आगलागी बाट करिब १० लाख बराबरको छती भएको प्रहरीले प्रारम्भिक अनुमान गरेका छन् I

स्थानीयवासी , इलाका प्रहरी कार्यलयका प्रहरी र लहान वारुण नियन्त्रणको टोलीले आधि घण्टा पछि आगोलाई नियन्त्रणमा लिएको थियो I आगलागीमा अनिता देवी महतो सामान्य घाइते भएकी छिन I

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्