पूर्वप्रधानमन्त्री नेपाललाई कालोमोसो दल्ने मधेशी मोर्चाको तयारी
Advertise Here Book Now

मलंगवा २८ कार्तिक । नेकपा एमालेले सर्लाहीमा गर्न लागेको चियापन कार्यक्रम विथोल्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनाएको छ ।

आइतबार सर्लाहीको हरिपुरमा एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल चियापान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेता नेपाललाई कालोमोसो दल्ने मधेशी मोर्चाका नेताहरुले बताएका छन् ।

मधेशमा एमालेको कार्यक्रमहरुको विरोध मधेशी मोर्चाले गर्दै आएको छ । शनिबार बीरगञ्जमा एमालेको कार्यक्रम विथोल्न एमाले पार्टी कार्यालयमा मोर्चाले आगजनी गरेको छ ।

मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका सर्लाही जिल्ला अध्यक्ष प्रमोद साहले हुलाकी न्यूजसँग माधव नेपालको कार्यक्रम हुनै पनि हालतमा हुन नदिने बताएका छन् ।

साहले हुलाकीलाई भने, ‘हामी नेपाल सरकारको गोली खान तयार छौं तर एमालेले मधेशमा गर्न लागेको षड्यन्त्रलाई सफल हुन दिन्नौं । भोली माधव नेपाल हरिपुर आए उनलाई कालोमोसो दलेर पठाउनेछौं ।’

शनिबार दिउँसोदेखि नै मोर्चाका कार्यकर्ताहरुले ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन थालेको छ ।

यसअघि शनिबार दिउँसो नेपाली काँग्रेसका सांसद रामचन्द्र चौधरी एवं एमाले साँसद रंजना सरकार हरिपुर आएको खबर पाएका मधेशी मोर्चाका कार्यकर्ताहरुले उनीहरुको घरमा छापामारेको छ । मोर्चाका कार्यकर्ता उनीहरुको घर पुग्दा साँसदहरु फरार भईसकेको नेता साहले  बताए । -हुलाकी न्यूज

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्