मधेशी मोर्चाको विरोधपछि एमालेको कार्यक्रम स्थगीत पार्टी कार्यालयमा आगजनी
Advertise Here Book Now
वीरगन्ज, २८ कातिक आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले शनिबार बिहान नेकपा एमाले पर्साको वीरगञ्ज रामगढवास्थित पार्टी कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले एमालेले मधेस आन्दोलनको विरोधमा षड्यन्त्र गरेको र आन्दोलनलाई बद्नाम गराउने उद्देश्यले विभिन्न गतिबिधि गरेको आरोप लगाएका छन् ।
एमाले पर्साले आज पार्टी कार्यालयमा चियापान कार्यक्रम राखेका थियो । आगजनीपछि चियापान स्थगित भएको छ । मधेस अधिकारका लागि जारी आन्दोलन तुहाउने अभिप्रयायले दीपावलीको मौका छोपेर एमालेका स्थानीय नेता र यहाँबाट चुनिएर गएका सांसदहरुले चियापानको नाटक गरेको आरोप मोर्चाको छ ।
मोर्चाले शुक्रबार नै विज्ञप्ति निकालेर आन्दोलनविरोधी गतिबिधि नगर्न चेतावनी दिएको थियो । मधेस आन्दोलनको विरोधमा गतिबिधि जारी राखेमा प्रतिकारको चेतावनीसमेत दिएको थियो ।
मोर्चाका कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गरेपछि टायर बालेर प्रदर्शनसमेत गरेका छन् । उनिहरुले पार्टी कार्यालय हातामा रहेका केही थान कुर्सीसमेत नजिकैको सिर्सिया नदीमा फालिदिएका छन् ।