नश्लवादी सोचले मधेसीमाथि दमन गर्दैछ सरकार – यादव
Advertise Here Book Now

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाको एउटा घटक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतामाथि सरकारले निर्ममतापूर्वक दमन गरिरहेको आरोप लगाएका छन् । मधेसमा आन्दोलन सुरु भएको सयौं दिन पुगेको सन्दर्भ पारेर यादवले आज जारी गरेको विज्ञप्तिमा मधेसी, जनजातिलगायतका समुदायले राखेका माग पूरा गर्नुका साटो राज्य उनीहरुमाथि सुरक्षाकर्मी परिचालन गरी निर्मम दमन गरेको उल्लेख छ ।
सरकारले अन्तर्राष्ट्रिय मानवतावादी कानुन र मानवअधिकारसमेत उल्लंघन गरेको यादवको आरोप छ । मधेस आन्दोलनको सय दिन पुग्दा झन्डै ५० जनाजतिको ज्यान गइसकेको छ ।
यादवले नश्लवादी चिन्तन र जातीय अहंकार तथा विभेदकारी नीति अवलम्वन गरी सरकारले काम गरिरहेको आरोप पनि यादवले लगाएका छन् । उनले जातीय नरसंहार गरेको आरोप पनि सरकारलाई लगाएका छन् । सरकार समस्या समाधान गर्नतिर नलागी पहाडी र मधेसीलाई आपसमा लडाउने षड्यन्त्रमा लागेको यादवको विज्ञप्तिमा उल्लेख छ । यस्तो षड्यन्त्रप्रटि सचेत रही सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्दै विविधतामा एकता र एकतामा विविधता भन्ने हाम्रो विशेषतालाई सधैं ध्यानमा राख्न पनि उनले आग्रह गरेका छन् ।                                                                                                     स्रोत;eprofile.asia 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्