सेना परिचालनबारे प्रधानमन्त्री र सेनापतिविच चर्को मतभेद
Advertise Here Book Now

काठमाडौं, ७ मंसिर ।
वार्ता प्रक्रिया चलिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दीलगायत आन्दोलनमा कडाइ गरेपछि सुरक्षा निकायहरु एकीकृत सुरक्षा योजना बनाएर सामना गर्ने तयारीमा जुटेका छन् । तर बिहीबार त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भने सेना परिचालनको बिषयलाई हल्का रुपमा कुरा नउठाउन चेतावनी दिए ।प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकमा राजमार्ग खोलेर आपूर्ति तथा आवागमन सहज तुल्याउन सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सहभागितामा एकीकृत सुरक्षा योजना बनाएर परिस्थितिको सामना गर्ने निष्कर्ष निकालिएको थियो । बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षा सचिव ईश्वरी पौडेल सहभागी थिए ।
बैठकमा प्रधानसेनापति क्षेत्रीको भनाई थियो, ‘पहिला ल एन्ड अर्डर मेन्टेन गर्ने अपरेशनल प्लान बनाउनुपर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी पूर्णरुपमा परिचालन हुनुपर्छ । उनीहरुले समेत परिस्थिति नियन्त्रणमा लिन नसकेपछि बल्ल सेनाको भूमिका आउँछ, त्यसको कानुनी र व्यावहारिक परिस्थिति नमिलाई सेनाको बारेमा सकैले पनि हल्का कुरा गर्दा परिस्थिति भड्किन सक्छ ।’ तरुण साप्ताहिकमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्