सिरहामा मोटरसाइकल दुर्घटनामा सिंहको मृत्यू
Advertise Here Book Now

सिरहा, ४ मंसिर । पूर्व–पश्चिम राजमार्गमा विहीबार लहान नजिक मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यू भएको छ ।
सडक छेउमा राखिएको ड्रममा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा लहान नगरपालिका–१३ का २५ वर्षिय महेश सिंहको मृत्यू भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका सिंहको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
सिरहाको धनगढीबाट लिफ्ट मागेर मोटरसाइकलमा लहानतर्फ आउँदै गर्दा बिहीबार अपरान्ह लहान नजिक पडरियामा सडक छेउमा राखिएको ड्रममा मोरटरसाइकल ठोक्किंदा सिंह घाइते भएपछि उपचारकालागि लहान स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भर्ना गरिएको थियो । मोटरसाइकल चालक फरार रहेकाले प्रहरीले उनका आफन्त अजय सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चतुर्वेदीले बताए । प्रहरीका अनुसार मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्