संविधानमा हस्ताक्षर गर्ने सिरहा छिरे कालोमोसो दल्ने चेतावनी
Advertise Here Book Now

४ मंसिर | राम भरोसी यादब
सिरहा – छठ मनाउन गृह जिल्ला सिरहा आएका राप्रपा नेपालको सभासद धानो महराको घर घेराउ गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विहिबार सिरहाको गोलबजारमा रहेको राप्रपा नेपालका सभासद धानो महराको घर घेराउ गरेको हो ।
मोर्चा घर घेराउ गर्न आइरहेको सुइको पाए सभासद महरा भागेको संघीय समाजबादी फोरम नेपालको जिल्ला सदस्य राम दयाल यादबले बताए । सभासद महरा मधेश विरोधी संविधान बनाउन हस्ताक्षर गर्दै सहयोग गरेको भन्दै मोर्चा घर घेराउ गर्न पुगेका थिए ।
सभासद् महराको घर घेराउ गर्न जाने क्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारको बिरुद्धमा कडा नाराबजी समेत गरेका थिए ।
मधेशी, मुस्लिम, जनजाति, पिछडावर्ग, सिमान्तकृत समुदाय लगायत उत्पिडनमा परेको समुदायहरुको बिरुद्धमा संबिधान जारी गरिएको संविधानमा हस्ताक्षर गर्ने सभासदहरुलाई जिल्ला प्रवेश गरेको पाइएमा कालोमोसो दली समाजिक वहिष्कार गरी लखेट्ने मोर्चाले विज्ञप्ती मार्फत यो भन्दा पहिला नै चेतावनी दिइसकेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्