अमेरिकामा नेपालीले दुई करोडको पसल उपहार पाए
Advertise Here Book Now

विजय थापा ,वाशिंगटन डिसी – नेपालको पूर्व झापा दमक घर भएका र हाल भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर )धनराशि बराबरको रकम छुट पाउदै सेवेन-ईलेवेन सहुलियत पसल प्राप्त गरेका छन l
p
आफना परिवार तथा अन्य अतिथिहरुको उपस्थितिमा सलिलले उक्त सहुलियत पसलमा आफुले रातो फित्ता काटी समुद्घाटन गरि सेवेन-ईलेवेन पसल व्यवस्थापनले उनलाई हस्तान्तरण गरेको छ l
उक्त समुद्घाटन कार्यक्रममा बेलुन उडाउनुको साथै उपस्थित भएका समुदायका अभिभावक तथा बालबालिकाहरुलाई निशुल्क बिभिन्न खानेकुरा बितरण गरिएको थियो l झन्डै १ दशक देखि अमेरिका बस्दै आएका गौतम साढे चार बर्ष अमेरिकन सेना को तर्फ बाट ईराक र अफगानिस्थानमा समेत सेवा गरेका थिए l
समुद्घाटन कार्यक्रममा अन्तत्वगत्वा पसल प्राप्त गर्न सफल भएकोमा हर्ष व्यक्त गर्दै आफु सेसापिक शहर परिवार सहित बसोबास गर्ने भएकोले नरफोक शहर नजदिक र पाहेक समेत परेकोले त्यही छनौट गरेको बताएका थिए l
अमेरिकाको सेवेन-ईलेवेन सहुलियत पसलले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेन्चाइज स्टोर्स प्रतिस्पर्धामा सामाजिक संजाल अनुहार किताब अन्तर्गत भएको प्रतिस्प्रधामा गौतम उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए ।
p1
उक्त रकम नगद नभै पसल स्वामित्व हुनु अगाडि लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन-एलेवेनलाई तिर्नु पर्ने रकम भएको बताउदै अन्य कुराहरुमा पसल लिने धनीले लगानी गर्नु पर्ने गौतमले बताए ।
अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्वका ४० वटा भन्दा बढी देशहरुमा सहुलियत पसलहरु संचालनमा रहेका छन् भने अमेरिकामा ग्यास स्टेसन -ईन्धन चौकी) बिशेष संचालनमा रहेका छन् l

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्