चीनबाट पेट्रोलियम पदार्थ ल्याउँदै गरेको एउटा ट्यांकर अलपत्र
Advertise Here Book Now

रसुवा, २५ कात्तिक- पेट्रोलियम पदार्थ बोकी रसुवागढीबाट नेपाल प्रवेश गरेको एक ट्याङ्कर बिग्रिएर बीच बाटामा अलपत्र परेको छ ।
Advertisement

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार स्याफ्रु गाविस वडा नं ४ सानो भार्खुको बाह्रघुम्तीमा नौ हजार लि पेट्रोलियम पदार्थ बोकी आएको ट्यांकरको सुरक्षाको व्यवस्था मिलाइसकेको र २४ ट्याङ्कर पेट्रोलियम पदार्थ लिई काठमाडौँतर्फ प्रस्थान गरिसकेको प्रमुख विष्टले जानकारी दिए । यस्तै, तिहारलाई लक्ष्य गरी चीनबाट आयात गरिएको स्याउ बोकेका ३७ कन्टेनर पनि काठमाडौँतर्फ आज अपराह्न प्रस्थान गरेका छन् । फलफूलको आपूर्ति व्यवस्था मिलाउन ती कन्टेनर आजै राति अबेरसम्म भए पनि काठमाडौँ पुग्ने चालकले बताएका छन् । रासस

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्