कलैया १५ पुस । बाराको कलैयामा आक्रोसित मधेशीहरुले बिपी कोइरालाको सालिक तोडफोड गरी पिसाब फिरेका छन् ।
बुधबार ठूलो संख्यामा कलैयामा जम्मा भएका मधेशीहरुले
प्रर्दशन गरी नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडको क्रममा कोइरालाको सालिक तोड्दै सालिकमाथि मधेशीहरुले पिसाव फिरेका छन् ।
मधेशी मोर्चाका नेता प्रमोद गुप्ताले हुलाकी न्यूजसँगको कुराकानीमा काँग्रेस–एमाले–एमाओवादीप्रति मधेशीको आक्रोस बढ्दै गएकोले पार्टी कार्यालयमा तोडफोड भएको बताए । गुप्ताले कोइरालाको सालिकमाथि सर्वसाधारण मधेशीले आक्रोस पोख्दै पिसाब फिरेको दाबी गरे ।
स्थानीय पत्रकार संजय तिवारीले हुलाकी न्यूजलाई भने,‘आज सबैभन्दा बढी प्रदर्शनकारीहरु कलैयामा जम्मा भएका थिए । राजेन्द्र महतोमाथि भएको कुटपिटको विरोधमा आज मधेशी मोर्चा र गठबन्धनका कार्यकर्ताहरु निकै आक्रोसित देखिएका थिए । सोही कारणले नेपाली काँग्रेस र एमाले कार्यालयमा तोडफोड भएको छ ।’
पत्रकार तिवारीका अनुसार काँग्रेस कार्यालयमा तोडफोड गर्दा प्रहरी भागेका थिए भने एमाले पार्टी कार्यालयको सुरक्षामा थुप्रै प्रहरीहरु तैनात थिए ।
त्यसअघि मधेशीहरुले मोर्चाको निर्धारित कार्यक्रम अनुसार लाठी जुलुस प्रदर्शन गरेका थिए । source;Hulakinews
बिपी कोइरालाको सालिकमाथि मधेशीले पिसाब फिरे (तस्बिरसहित)
Advertise Here Book Now

