ओली किन निर्लज्ज ?
Advertise Here Book Now

सचित देवकोटा
मलाई प्रधानमन्त्री केपी ओलीको आलोचना गर्ने रहर थिएन। बरुले उनको समर्थनमा ताली पडकाउन पाइयोस भन्ने चाहना आम जनताको हो, मेरो पनि। तर ओलीलाई जनमानसलाई समर्थनमा उत्रने अवसर दिने संभावना कम हुँदै गएको छ।
कम्तिमा ताली पड्काउने काम नगरेपनि गाली गर्ने दिन नआउन भन्ने चाहनमा पनि उनले विस्तारी पानी खन्याउँदै लगेका छन्।
यसको पछिल्लो उदाहरण हो अप्रसांगिक मन्त्री परिषद विस्तार। कुनै पनि हिसावले कुनै पनि कोणले अत्यन्तै वाहियाद लाग्ने र राष्ट्रलाई घाटा बाहके केही हासिल नहुने बेतुकको निर्लज्ज निर्णय ओलीले किने गरे होलान ?
नेपाली राजनीतमा हमेशा सहि र सिधा उत्तरको अपेक्षा गर्नु बेइमानी सावित हुने गरेको छ। त्यसैले यसको जवाफ ओलीले कहिल्यै दिन सक्ने छैनन। उनि अब निर्लज्ज प्रधानमन्त्रीको सुचिमा सामेल हुने क्रममा छन् ।
भुकम्प पिडितले घरमा सर्न नपाएर चिसोले मरिरहेको खबर आउँदा ओलीलाई मन्त्री परिषद विस्तारमा के रस आउँदो हो ? यो राजनैतिक प्राणीले बुझ्ने कुरो होइन। यसअघि नै पाँच उपप्रधानमन्त्रीको भारी बोकाएका उनलाई फेरी साना दललाई फकाउन मन्त्रालय फोडी फोडी मन्त्रिपरिषद विस्तारको अविवेकी निर्णय लिन किन जरुरी थियो ?
आमजनताले जे अपेक्षा गरेका थिए ओली ठीक त्यसको ठीक उल्टो बाटो किन हिड्दैछन्?नाकाबन्दीले निम्त्याएको संकट टार्न सकिएको छैन् । कालाबजारी नियन्त्रण गर्ने सरकार रतिभर सफल छैन् । चीनसंगको सम्वन्ध विस्तार भारतलाई देखाउन भन्दा अरु नभएको देखिदै छ। बरु भारतसंग नै ओली सरकारले भित्र भित्रै मन्त्रणा गर्ने र जनताका अगाडी चर्का कुरा गरेर पोलिटिकल माइलेज बढाएको देखिने थालेको आवाज सुनिन थालेका छन्।
देशमा राजनैतिक गतिरोध जारी छ। आन्दोलनमा रहेकाहरुको सम्वोधन गर्ने जाँगर यो सरकारले देखाएको छैन्। देशमा हर क्षेत्र अस्तव्यस्त छन्। तर ओली सरकार विस्तारमा रमाइरहेका छन्। मन्त्रिपरिषदको विस्तार पनि संवैधानिक हिसावले नै विवादमा परेको छ। तर ओलीलाई यी कुराले सायद फरक पार्दैन् ।
क्रमश ओलीले अरुका कुरा सुन्न छाडेको देखिन्छ। तर उनका बेतुकका बिना आधारमा सस्ता प्रतिबद्धता र भाषण भने जनताले सुनिदिनु परेको छ।
ओली त्यतिखेर मात्र सुरक्षित हुनेछन् जतिखेर सम्म उनका कुरा मानिसले सुन्नेछन् । जुनदिन जनमासले उनलाई सुन्ने छैन, त्यसलदिन उनलाई गणितिय समिकरणले धान्न सक्ने छैन्। उखेलिएर फालिनुअघि प्रत्येक घाँसमा चेतना जागोस। जय नयाँ नेपाल ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्