२० बर्षपछि ७० बर्षीय अभियुुक्त पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुस १५/ सिरहा जिल्ला अदालतबाट ६ महिना कैद सजाय पाएका एक ७० बर्षिय अभियुुक्तलाई प्रहरीले विशेष सूूचनाको आधारमा २० बर्षपछि पक्राउ गर्न सफल भएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौला नेतृत्वको टोलीले गोलबजार नपा १२ का ७० बर्षिय अभियुक्त सरयूूग यादबलाई पक्राउ गरेको हो । सिरहा जिल्ला अदालतले यादबलाई कर्तव्य ज्यान मुुद्दाको अभियागमा २०५८ मंसिर ६ गते ६ महिनाको कैद सजाय सुनाएको थियो । अदालतले दोषी ठकर गर्दै कैद सजाय सुनाएपछि यादब लुकीछिपी बस्दै आएका थिए । तर यादब लामो समयपछि घर आएको विशेष सूूचना पाएपछि उनको घर पुुगेर पक्राउ गरेको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । पक्राउ परेका यादबलाई भोली अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्