Siraha Special
»
एकलौटी रुपमा नागरिक वडा मंच गठन गर्न खोज्दा मोर्चाले गरे अबरोध
एकलौटी रुपमा नागरिक वडा मंच गठन गर्न खोज्दा मोर्चाले गरे अबरोध
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा, १४ पौष ।सिरहाको भवानीपुर गाविसमा एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताहरु मिलेर एकलौटी रुपमा नागरिक वडा मंच गठन गर्न खोज्दा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले अवरोध गरेका छन । जिल्लाको भवानीपुर गाविसका समाजिक परिचालक लक्ष्मण रामलाई मोर्चाका कार्यकर्ताहरुले मधेश आन्दोलनको क्रममा नागरिक वडा मंच गठन गर्नु मधेश विरोधी भएको भन्दै अहिलेको अवस्थामा वडा मंच गठन गर्नु उचित नरहेको भन्दै आग्रह गरेपछि केहि क्षण कार्यक्रम रोकिएको थियो । तर, मोर्चाका कार्यकर्ताहरुले त्यँहाबाट गएपछि फेरी एमाले र कांग्रेसका नेता तथा कार्यकर्ताहरुले वडा मंच गठन गरिरहेको अबस्थामा तमलोपा क्षेत्र न.१ का क्षेत्रीय अध्यक्ष मोहमद गुलाब राइनको नेतृत्वमा गएको मोर्चाका कार्यकर्ताहरुले वडा मंच गठन गरेका सम्पूर्ण कागजातहरु च्यातेर आगजनी गरेको थियो । मोर्चाले दुई साता अघि मधेश आन्दोलनको समयमा जिल्लाको कुनै गाविसमा नागरिक वडा मंच गठन नगर्न प्रेस विज्ञप्ति जानकारी गराईएको थियो ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्