भोली - कि मिल्छन, कि भिडछन !
Advertise Here Book Now

अनौपचारिक रुपमा ठाकुरले प्रमुख दलहरु सामु मोर्चाको सवै वटम लाइनहरु वताइ सकेका छन । हेर्न वाकी छ, भोली प्रमुख दलहरु मिल्ने आधार लिएर आउछन कि भिडने वातावरणको सिर्जना गर्ने छन ।  
भोली वुधवार प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चा विच वार्ता हुदैछन । हिजो सोमवार भएको वार्तालाई सौभाद्रपुर्ण बताएका नेताहरुले वुधवारको वार्ता ठोस निष्कर्ष उन्मुख हुने बताएका थिए । मोर्चाले आफुहरुले अघि सारेको ११ बुदे मागको वटम लाईनमा सरकारी पक्षको ठोस जवाफ नआए सम्म छलफल वा वार्ताको कुनै तुक नभएको बताए पछि प्रमुख दलहरु वुधवार ठोस जवाफ निष्कर्ष सहित आउने बताएका छन । तर सोमवार दिउसो प्रमुख दलहरुले वार्ता भयो एका तर्फ वेलुकी अवेर साझ नेपालगंजमा सिमा नामामा धर्नामा बसेका मधेशी आन्दोलनकारीहरु माथी प्रहरीको क्रुरर अपरेशन भयो । अवेर राती सरकारी मिलोमतोमा बिजुली समेत काटेर आन्दोलनकारीको टेन्ट समेत कब्जामा लिएर प्रहरी आन्दोलनकारीहरु संग झण्डै तीन घण्टा दाहोरो झगडा गरे । मधेशी मोर्चा सोमवार रातीको नेपालगंज घटनाले फेरी एकचोटी नराम्ररी झस्कीएका छन । मोर्चाको वार्तामा सहभागी कतिपय नेताहरु भन्छन, जती जती वेला काठमाडौमा वार्ताको अली साकारात्मक संकेत देखा पर्यो कि प्रहरीले केहि न केहि उपद्रो देखाइ हाल्छन, आखिर यसले गर्न खोजेको के हो ?


अघिल्लो हप्ताको सुरु देखि नै प्रधानमन्त्री, एमाओवादी अध्यक्ष प्रचण्ड र मोर्चाका केहि नेताहरु विच अनौपचारिक संवादहरु तीव्र भएको हो । तर एकातीर अनौपचारिक संवाद अली साकारात्मक मोड लिन लागेकै थियो कि गएको शुक्रवार इटहरीमा एमालेकै कतिपय नेताहरुको उपस्थितीमा मोर्चाको कार्यक्रम माथी विथोलिएर जाइलाग्ने काम भयो । यसरी अनौपचारिक साकारात्मक संवादमा रहेको वेला एक्कासी इटहरी घटना व्योहोरेका मोर्चाका केहि शिर्ष नेताहरु व्याक हुदै मधेश झर्ने योजनामा पुगे । आइतवार विराटनगरमा सम्पन्न भएको मोर्चाको विशाल प्रर्दशनमा सवै शिर्ष नेताहरु सहभागी नेता योजना बन्यो । तर फेरी अचनाक तमलोपा अध्यक्ष ठाकुर समकक्ष विशेष प्रस्ताव आयो तपाई वसीदिनु पर्यो हामी ठोस वार्ता प्रक्रिया अघि वढाउ भनेर । ठाकुरले प्रमुख दलको उक्त प्रस्ताव पछि आफु विराटनगर नगएर अन्य नेताहरु पठाए । उनी फेरी वार्ताको विभिन्न अनौपचारिक प्रक्रियामा सामेल भए । उनी सोमवार वालुवाटारको वार्तामा प्रष्ट रुपमा सवै शिर्ष नेताहरुलाई भने, अवस्था यस्तै रहने हो भने वार्ताका लागी तपाइहरु मधेश झर्नु पर्ने हुन्छ । प्रतित्युउतरमा प्रधानमन्त्रीले आफु आजै समस्याको सामाधान गर्न खाजेको भन्दै लचकपन मात्रै देखाएनन कि वरु अव प्रहरी वल प्रयोग नहुने वचनवद्धता समेत व्यक्त गरे । तर त्यो वचनवद्धता ६ घण्टा पनि टिकेन । सोमवार अवेर साझ नेपालगंजमा प्रहरीहरु आन्दोलनकारीहरु माथी जाईलागे । त्यस पछि फेरी झस्कीएका तमलोपा अध्यक्ष ठाकुर वुधवारको वार्ताका लागी आफना नेता त्रिपाठीलाई जिम्मा दिदै ५ दिनका लागी मधेश झरेका छन । आज उनी जनकपुर गएका छन । त्याहा उनी भोली धनुषाको ढल्केवरमा मोर्चाले आयोजना गर्ने आमसभामा सहभागी हुदै छन । त्यस पछि उनी सर्लाहीको नवलपुर र सिरहामा आयोजना हुने विरोध कार्यक्रमहरुमा सहभागी हुदै छन । ठाकुर शनिवार मात्रै काठमाडौ फर्कने छन । मोर्चाका अन्य शिर्ष नेताहरु यस अघि देखि नै मधेश मै छन । यस अघि १५ कार्तिकमा पनि सरकार र मोर्चा विच वार्ता साकारात्मक रुपमा भएकै राती रक्सौल नाकामा प्रहरीले कारवाही गर्दै स्थिती विगारेका थिए । त्यस पनि वार्ताको प्रक्रिया अवरुद्ध भएको थियो ।

मिल्ने कि भिडने ?

२ मंसीरमा सरकारी पक्षले निर्णयक भनेको वार्ता औपचारिकतामा मात्रै सिमित बन्न पुगे पछि मोर्चाले आन्द्योलनलाई थप सशक्क्त बनाउने निष्कर्ष निकालेका थिए । मोर्चाले त्यही अनुरुप नाकाहरु र राजमार्गमा आफना आन्दोलनलाई केन्द्रित गर्न पुगे । तर ५ मंसीरमा राजमार्ग केन्द्रित आन्दोलन थालेकै दिन सप्तरीको भारदह, रोपनीमा प्रहरीले चार जनालाई मार्न पुगे भने सप्तरीको राजविराजमा समेत अत्यद्यिक प्रहरी दमन भएको मोर्चाको भनाई छ । त्यस लगतै सर्लाहीको राजमार्ग क्षेत्रमा चुरे भावर संगको नाममा मोर्चाको स्थानिय नेताहरु माथी आक्रमण भयो । लगतै पछिल्लो शुक्रवार इटहरी घटना हुन पुग्यो । त्यस पछि मोर्चाका शिर्ष नेताहरुको आन्तरिक निष्कर्ष सरकारी पक्षहरु वार्ताको नाममा मिलाउने भन्दा पनि रणनितीक रुपमा भिडने योजना बनाउदै छन । यही विचमा गृहमन्त्री विराटनगर पुगेर अव २४औ घण्टा राजमार्ग खुलाउने योजनाका साथ सरकार प्रस्तुत हुन लागेको बताएका थिए भने काठमाडौमा रक्षमन्त्रीले मधेशमा सेना परिचालन गरेर अवस्थाको नियन्त्रण गर्नु पर्ने वारेमा सरकार आन्तरिक छलफलमा रहेको जनाए । मोर्चाका कतिपय नेताहरु भन्छन, सरकार एकचोटी सेना परिचालन गरेर पनि मधेशीहरुको तागत जाची नै होलोस, किन त्यो भ्रममा बसीरहन्छन । ती नेताको भनाई छ, अघोषीत रुपमा जारी आन्दोलनको सुरुमै हामीले त्यो सामना नगरेका होइन । तर नेपाली सेनाले गएको आइतवार मात्रै मधेशमा देखिएको आन्दोलनको सामाधान राजनितीक रुपमा खोज्न सरकारलाई सल्लाह दिएका छन ।

यस पृष्टभुमिमा भोली भनिएको वार्ता झन गम्भिर मोडमा हुन गईरहेको कतिपय भित्रियाहरुको भनाई छ । उनीहरु भन्छन, भोली प्रमुख दलहरु मोर्चाको ११ बुदे मागलाई सम्बोधन गर्ने गरी ठोस खाका ल्याए त्यसले मिल्ने आधारलाई अघि वढाउने काम गर्छन । अन्यथा सरकारी भिडन्तमा जान लागेको निष्कर्ष मोर्चाको छ ।

हुनत काग्रेस र एमालेले आज भोलीको वार्तामा लचकताका साथ उपस्थिती हुन निर्णय गरेका छन । तर मोर्चाको वटकलाइनहरु वारेमा खुलेर वोलेका छैनन । त्यही भएर होला तमलोपा अध्यक्ष भोलीको वार्तामा कुनै पनि मोर्चाका शिर्ष नेताहरु सहभागी नहुने रणनिती बनाउदै मधेश झरेका छन । भोली मोर्चाको वार्ता टोली सदस्यहरु सरकारी पक्षसंग उनीहरुको ठोस अवधारणा बुझने काम गर्छन । अनौपचारिक रुपमा ठाकुरले प्रमुख दलहरु सामु मोर्चाको सवै वटम लाइनहरु वताइ सकेका छन । हेर्न वाकी छ, भोली प्रमुख दलहरु मिल्ने आधार लिएर आउछन कि भिडने वातावरणको सिर्जना गर्ने छन ।          स्रोत;दलन नेपाल 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्