नेपालमा ठूलो द्वन्द निम्तिने संकेत
Advertise Here Book Now

मङ्सिर १५ । तराइ मधेसको आन्दोलनको बिषयमा भारतीय मिडियामा चासोको विषय बनेको छ । पछिल्लो समयमा भारतीय मिडियामा नेपालको आन्दोलनको बारेमा प्रशस्त समाचारहरु सप्रेशण हुने गरेका छन । कतिपय समाचार त भारतीय मिडियाले नेपालको सुरक्षा व्यवस्थालाइ नै चुनौती दिने खालका समाचारहरु सप्रेशण गरेका छन । नेपालको सुरक्षा व्यवस्था चुस्त राख्ने सुरक्षा निकायलाई थाहा नभएको कुरा भारतीय समाचार माध्यमले समाचार बनाएका छन । भारतीय अनलाई जागर डटकमले सोमबार प्रकाशित एक सचारले नेपालको तराइ मधेसमा जारी आन्दोलन अब सशस्त्र रुपमा हतियार सहित सशक्त बन्ने संकेत गरेको छ । समाचारका अनुसार अब मधेस आन्दोलन हिंसात्मक बन्ने देखिन्छ । जागर डटकमले प्रकाशन गरेको समाचार अनुसार मोर्चाले विभिन्न स्थानमा नौ वटा स्थानमा गोप्य रुपमा हतियारको तालिम दिइरहेको भारतीय गुप्तचरलाई उदृत गर्दै समाचार लेखेको छ । गुप्तचरलाई श्रोत बनाउदै लेखिएको समाचारमा तराइमा हतियार चलाउनका लागि नेपालका माओवादीहरुले पनि सहयोग गरिरहेको समाचारमा उल्लेख गरेको छ । हतियार चलाउन स्कूले बालबालिकाहरुलाई समेत सहभागी गराइएको उल्लेख छ । यसरी जागर डटकमले लेखेको समाचारका अनुसार यदि तराइमा यस प्रकारको तयारी हो भने अब यसले नेपालमा ठूलो द्वन्द निम्तिने संकेत गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्