सिरहामा मानव सांगलोको तयारी ।
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १४ मंसिर । तराई मधेशका जिल्लाहरुमा मानव सागंलो प्रदर्शन भईरहेको समयमा सिरहामा पनि मानव सांगलो प्रदर्शन हुने भएको छ । एनप्याबसन, प्याबसन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बसेको बैठकले सिरहामा मानव सांगलो प्रदर्शन गर्ने निर्णय गरिएको छ । बैठकले जारी गरेको विज्ञप्तीमा यही मंसिर १६ गते बुधबार बिहान  ८ बजे पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पर्वी सिमाना बलान देखि पश्चिम सिमाना
कमलासम्म मानव सांगलो प्रदर्शन गर्ने निर्णय गरिएको छ । उक्त मानव सांगलोमा जिल्लाका सम्पुर्ण निजि तथा सरकारी बिद्यालयका विद्यार्थी, शिक्षिक र आम जनसमुदायलाई सम्मिलित हुनका लागि विज्ञप्ती मार्फत आग्रह गरिएको छ । एनप्यासन सिरहा, प्याबसन सिरहा र मधेशी मोर्चाद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा मधेश आन्दोलनमा सहादत्त प्राप्त गरेका वीर शहिदहरुप्रति प्रार्थना सभा र श्रद्धान्जली सभा गर्ने उल्लेख रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्