भारतबाट ल्याइएको बिजुली सम्झौताविपरीत !
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन
३० । उपयोग नभए पनि वर्षभरिकै एक अर्व रुपैयाँभन्दा बढी प्रसारण शुल्क
तिर्नेगरी भारतबाट ल्याइएको बिजुली दुई पक्षबीच यसअघि भएको सम्झौताविपरीत
भएको पाइएको छ ।
नेपाल र भारतबीच भएको कार्यान्वयन तथा प्रसारण सेवा सम्झौतामा
ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय सीमापार प्रसारण लाइन प्रारम्भिक रुपमा २२०
केभीमा र त्यसपछि ४०० केभीमा चार्ज गर्ने सम्झौता थियो ।
२२० केभीमा चार्ज नभएसम्म ढल्केबरमुजफ्फरपुर प्रसारण लाइन कमिसनिङ भएको
मानिँदैनथ्यो, प्राधिकरणको प्रसारण लाइन विभागका एक इन्जिनियरले शनिबार
भने, सञ्चालन विधि नै त्यही थियो, त्यसपछि मात्रै ४०० केभीमा चार्ज गर्ने
सम्झौतथा छ, १३२ केभीमा चार्ज गर्ने परिकल्पनासमेत गरिएको थिएन ।


