हजारौं समर्थकलाई लिएर गुप्ता पुगे सद्भावनामा
Advertise Here Book Now

रौतहट : मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीका पुर्व रौतहट अध्यक्ष अजय कुमार गुप्ताले हजारौ समर्थकको साथ सदभावना पार्टीमा प्रवेश गरेका छन् । शनिवार गौरस्थित व्यारेक मैदानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गुप्ता हजारौं समर्थकलाई लिएर गुप्ता सद्भावनामा प्रवेश गरेका हुन् । गुप्तासँगै करिब १५ सय समर्थक पनि सद्भावनामा प्रवेश गरेका छन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फूलमाला तथा अविर लगाएर स्वागत गरेका थिए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसको मुद्दालाई छाडेर सरकारमा गई मधेसी जनतामाथि नै दमन गर्न लगाएको भन्दै मधेसका अधिकांश जिल्लाका नेताहरु पार्टी छाडेका थिए । सिरहा, सप्तरी, धनुषा महोत्तरी लगायतका मधेसका जिल्लामा फोरम लोकतान्त्रिकको जिल्ला कार्य समिति नै विघटन भइसकेको छ । कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिद राजकिशोर ठाकुर, मोहमद सम्स तवरेज, शेख मैरुदीन ओस्ताको परिवार र घाइते लालबाबु पटेललाई दोसल्ला ओढाई नगदसहित सम्मानित गरियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्