गाडिएको अबस्थामा शिशुको शव फेला
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २५ । भखरै जन्मिएको बच्चालाई टुक्रा टुक्रा पारी आलु बारिमा गाडिएको अबस्थामा ताप्लेजुङमा एक नवजात शिशुको सव फेला परेको छ । ताप्लेजुङ नगरपालीका छ निवासी बल बहादुर लिम्बुको आलुबारीमा लिङ्ग पहिचान नभएको नवजात शिशुको हात, खुट्टा र शरिरको विभिन्न भाग माटोले पुरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । टुक्रिएको सव संकलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ भने नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बुले नवजात शिशुको अंग फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्