शहीद रामेश्वर पासीको परिवारलाई विभिन्न सहयोग गर्ने प्रतिबद्धता
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २५ । मधेश आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका रुपन्देही जिल्लाको बोधबार–३ निवासी शहीद रामेश्वर पासीको परिवारलाई विभिन्न किसिमका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । समाजसेवी प्रमोद सहनीले शहीद पासीका चार छोरीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाइदिने वाचा गरेका छन् । यसैगरी, मधेश रिलिफ फण्डद्वारा आयआर्जनका लागि बाख्रा पालनमा आर्थिक सहयोग गर्ने भएको शैलेन्द्र अम्बेडकरले जनाएका छन् । शहीद परिवारका लागि एक शौचालयसहित २ कोठा पक्की घर बनाई दिने पहल समेत भएको छ । यसको सयोजन तथा अन्य सहयोग तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) गर्ने अम्बेडकरले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्