रामचन्द्र पौडेलको नयाँ रणनीति
Advertise Here Book Now

ओंल्लिने सिरहा डटकम चैत ८ । नेपाली काग्रेसको १३ औ महाधिवेशनमा सभापति पदमा पराजित बनेका नेता रामचन्द्र पौडेल पार्टी भित्र आफ्नो भूमिका र प्रभाव विस्तार गर्ने रणनीतिमा लागेका छन । केही समयदेखि उनले आफू निकट नवनिर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी र ब्यवस्थापिका संसदका सदस्यहरुसँग आन्तरिक छलफल गरिरहेका छन । पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले संसदीय दलको नेता चयनकोलागि निर्वाचनको तयारी सुरु गरेपछि पौडेलले आन्तरिक छलफललाई तिब्रता दिएका हुन । पौडेलले अहिले पार्टीभित्रका आफू निकटहरुसँग एक ब्यक्ति एक पदको कुरा उठाईरहेका छन । पौडेलले कृष्णप्रसाद भट्टराई सभापति हुँदा गिरिजाप्रसाद कोइरालाले र गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा सुशील कोइरालाले र सुशील कोइराला पार्टी सभापति हुँदा बर्तमान सभापति शेरबहादुर देउवाले सोही कुरा उठाएर अभियान चलाएको उदाहरण प्रस्तुत गर्दै अब पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने र सबैको सम्मान गर्ने हो भने एक ब्यक्ति एक जिम्मेवारीको पार्टीभित्रको पुरानो सिद्धान्तमा देउवा चल्नु पर्ने तर्क गर्न थालेका छन । उनले विगतमा अर्थमन्त्री हुँदा डा. रामशरण महतले सह महामन्त्री छाडेको उदाहारण समेत दिईरहेका छन । उनले आफू निकटहरुसँग आगामि चैत्र २२ गते हुने संसदीय दलको नेताको निर्वाचनमा आफू उम्मेदवार बन्ने भन्दै सभापतिले दोहोर पद लिन नहुने तर्क गरिरहेका छन । उनले सभापति देउवा भईसकेपछि अब संसदीय दलको नेता आफू हुनु पर्ने र यसो भए पार्टी एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अझै प्रभावकारी रुपमा अघि बढ्ने विश्वास ब्यक्त गरेर लविङ गरिरहेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्