एकवर्षभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम चैत
७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टीका जारी केन्द्रीय
कमिटिको बैठकमा एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन ।
बैठकले अर्को चैत मसान्तभित्र गर्ने प्रचण्डको प्रस्ताव छ ।
त्यसको लागि देशभरिका सबै गाविस र नगरपालिकाको वडा तहमा आगामी जेठ १
गतेदेखि ७ गतेसम्म, जेठ १० देखि २० गतेसम्म गाउँपालिका र नगरपालिकाको
सम्मेलन, असार मसान्तसम्म जिल्ला सम्मेलनहरु, भदौ मसान्तसम्म प्रदेश तहको
भेला सम्पन्न गर्ने प्रस्ताव छ । वडास्तरको भेला बोलाउनुपूर्व सदस्यता
वितरण र नवीकरणका लागि वैशाख मसान्तसम्मको समय प्रस्ताव गरिएको छ ।
त्यसैगरी केन्द्रीय समितिमा रिक्त पदहरु पूर्तिका लागि वर्षमान पुनको
संयोजकत्वमा कार्यदल बनाउने प्रस्ताव गरिएको छ ।
कार्यदलले एक महिनाभित्र दिने सुझावसहितको प्रतिवेदनका आधारमा केन्द्रीय
समितिलाई पूर्णता दिईने छ ।
त्यसरी नै पूर्वसभासद धर्मशीला चापागाईं र वीरबहादुर गोलेलाई केन्द्रीय
समितिमा मनोनयन गर्ने प्रस्ताव गरिएको छ । प्रचण्डको सो प्रस्तावमा आजैबाट
छलफल सुरु भएको छ ।


