सद्भावनाको लहान वडा नम्बर ९ का अध्यक्षमा सत्यनारायण
Advertise Here Book Now
दिनेश्वर गुप्ता लहान, १ चैत्त । सद्भावना पार्टीको लहान नगरपालिका वडा नम्बर ९ को वाडा भेलाले समिति गठन गरेको छ । सो भेलामा पार्टीका केन्द्रीय सल्लाहकार दिनेश्वरप्रसाद गुप्ता, मुहमद आलम र महिला नेतृ रंजिता मण्डलका विशेष उपस्थितिमा वडा नम्बर ९ का अध्यक्षमा सत्यनारायण साहलाई चयन गरिएको छ । यसैगरी, उपाध्यक्षमा भालशेर मण्डल, सचिव कप्लेश्वरी साह, सहसचिव रिता मण्डल, कोषाध्यक्ष सबरा खातुनलाई चयन गरिएको छ । त्यसैगरी, सदस्यहरु दुर्गा मण्डल, गुलेबिया मण्डल, किरण दास, कंचन महतो, सुनिता मण्डल, बचाईन चौधरी, फुलो मण्डल, अमृति मण्डल, विन्देश्वरी साह, बुधो मण्डल, फुलो मण्डल, बृजा साह, विन्देश्वर साह, विजय मण्डल र दिपक मण्डल चयन भएको छ । यस्तै, सल्लाहकारहरु नेपाली साह, रंजिता मण्डल, देवेन्द्र साह, कौशलिया साहलगायतका छन् ।


