१६ वर्षीया युवतीसँग सम्बन्ध राख्ने ४२ वर्षीय हवल्दार पक्राउ
Advertise Here Book Now
चैत१। अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले एक प्रहरी हवल्दारदाई नै पक्राउ गरेको छ ।
राष्ट्रिय अनसन्धान विभागका ४२ वर्षीय हवलदार विक्रम यादवसहित १६ वर्षीया युवतीलाई समेत पक्राउ गरिएको हो ।
सुराकीका आधारमा प्रहरीले ढल्केवरको चौकमा रहेको श्री राम लजबाट नवालिग युवतीसहित हवलदारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले आइतबार मध्यान्ह १२ः३० बजे इलाका प्रहरी कार्यालय ढल्केवरको विशेष टोलीले होटलबाट उनीहरुलाई पक्राउ गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर स्थित सो लजमा छापामारी गर्दा कोठामा चुकुल लागेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक सागरविक्रम राणाले बताए ।
पक्राउ परेका हवल्दार यादव राष्ट्रिय अनसन्धान विभाग महोत्तरीमा कार्यरत रहेका छन् भने नवालिक युवती माथि थप अनुसन्धान भईरहेको जनाएको छ ।


