स्वतन्त्र मधेशको माग अघि बढ्न सक्ने सद्भावना अध्यक्ष महतोको गर्जन, सद्भावनामा प्रवेशको लहर ( फोटो फिचर )
Advertise Here Book Now
दिनेश्वर गुप्ता लहान, ८ चैत्त । धोखेवाज उटपटागं ओलीले पूरानै कथा दोहोराउंन थालेको कारण आन्दोलन नरोकिने आज लहानमा पार्टी प्रवेश कार्यक्रममा पत्रकारहरुसंगको भेटघाटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सो कुरा बताउंनुभयो । उहां महतोले जनसंख्याको आधारमा आधा मधेशी सेना हुनुपर्ने भन्दै मेचीदेखि महाकालीसम्म दूई प्रदेश कायम नगरुन्जेलसम्म हामी आन्दोलनबाट फिर्ता नहुने बताउंनुभयो । उहांले प्रधानमन्त्री ओलीले वहाना झिकेर मधेशीको मागप्रति उदासिनता देखाएकोले अब मधेश र मधेशीले आफ्नो शक्तिकै आधारमा मेचीदेखि महाकालीसम्म मधेश स्वायत्त प्रदेश बनाएर विराम लिने बताउंनुभयो ।
झापा, सुनसरी, मोरगं, कंचनपुर, कैलालीमा ५० बर्ष अघि ६ प्रतिशत पहाडिया थियो । अहिले पहाडबाट झरेर मधेशमा बसेका पहाडियालाई मधेशी प्रदेशमा बस्न इच्छा लाग्दैन भनी फिर्ता हुन् भन्दै मधेश मधेशीलाई नै चाहियो अध्यक्ष महतोले बताउंनुभयो । महतोले प्रधानमन्त्री ओली, कांग्रेसका सभापति सुशिल कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डलगायत सबैं खसहरुको एउटै प्रवचन रहेको अध्यक्ष महतो बताउंनुभयो । यिनीहरु सबै जातीवादी आधारमा कुरा गरिरहेकोले वार्ताको औचित्य नरहेको भन्दै अवको आन्दोलन ‘वार की पार’ कै हुने बताउंनुभयो । सरकारको रवैया यस्तै रहियो भने स्वायत्त मधेश प्रदेश होइन् स्वतन्त्र मधेशको माग अघि बढ्ने भन्दै यो ६ महिनाको आन्दोलन होइन् ६ बर्षसम्म मधेशी आन्दोलित रहने र लाखौंले बलिदानी दिन तयार रहेको अध्यक्ष महतोले बताउंनुभयो ।
समस्या समाधानको लागि काँग्रेसले एमालेलाई र एमालेले माओवादीलाई दोष लगाएर हुन्न’ ’यी तीन दलका अध्यक्ष चाहेमा सीमांकनको विषय पनि तीन दिनमा मिल्छ ,महिनौ कुरिरहनु पर्दैन उहां महतोले बताउंनुभयो । सोही कार्यक्रमकै क्रममा लहानको चर्चित जिनिस आंस्पतालमा अध्यक्ष महतोले फलफूल वितरण गर्नुभएका थिए । सो लगत्तै डा.बिजेन्द्र यादव, बैद्यनाथ यादव, दुखीप्रसाद साह, प्रमोदकुमार गुप्ता, राजेश यादव (बरबरिया) लगायत अन्य पार्टीका सयौं कार्यकर्ता सद्भावना पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रम सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार दिनेश्वरप्रसाद गुप्ताका नेतृत्वमा भएको सो कार्यक्रममा प्रेस मंचका सिरहा अध्यक्ष मनोज बनैता, मंचका सचिव फिरोज शेख, युवा मंचका सिरहा अध्यक्ष विरेन्द्र यादव, कोषाध्यक्ष रामपुकार यादव, सदभावनाका महिला नेतृ रंजिता मण्डल, राम एकवाल साह, नेपाली साह, बालेश्वर यादव, प्रमोद साहलगायत पांचबढीको सहभागी रहेको थियो । सोही कार्यक्रम अन्तर्गत स्वास्थ्य मंचका जयनारायण यादव, मधेशी कर्मचारी मंचका अमेन्द्र यादवलगायतले ओम क्लिनिकमा होली मिलन कार्यक्रममा समेत सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सरिक हुनुभयो ।
उता, आजै सप्तरी जिल्लाको राजबिराज गजेन्द्र चौकमा आयोजित कार्यक्रममा सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सदभावना पार्टीमा दूई हजारबढी अन्य पार्टीका नेता कार्यकर्ता प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरू मृगेन्द्र कुमार सिंह यादव ( पूर्व मन्त्री एवं केन्द्रीय महासचिव फोरम लोकतान्त्रिक , सत्यनारायण यादव ( सप्तरी जिल्ला अध्यक्ष, फोरम लोकतान्त्रिक सप्तरी, ुसहरू यादव ( नेता फोरम लोकतान्त्रिक एव पूर्व गा बि स अध्यक्ष नर्घो, सप्तरी, भूपेन्द्र यादव ( नेता फोरम लोकतान्त्रिक एव पूर्व गा बि स अध्यक्ष दिघवा, सप्तरी, बाल कृष्ण पण्डित ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक सप्तरी, जागेश्वर यादव ( नेता फोरम लोकतान्त्रिक एव पूर्व गा बि स अध्यक्ष कबिलासा, सप्तरी,नथुनि यादव ( नेता फोरम लोकतान्त्रिक एव पूर्व गा बि स अध्यक्ष परेखा, सप्तरी, आशिष यादव ( नेता फोरम लोकतान्त्रिक एव पूर्व गा बि स अध्यक्ष धनगडी, सप्तरी, महन्थी यादव ( नेता फोरम लोकतान्त्रिक एव पूर्व गा बि स अध्यक्ष देउरी भरूवा, सप्तरी, राम बिलास यादव ( नेता फोरम लोकतान्त्रिक एव पूर्व गा बि स अध्यक्ष मैवाहा वेल्ही, सप्तरी, रामेश्वर मण्डल ( क्षेत्रीय अध्यक्ष फोरम लोकतान्त्रिक, सप्तरी, जय प्रसाद यादव ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक, सप्तरी,मोहन यादव ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक, सप्तरी, जय नारायण मण्डल ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक सप्तरी,सत्यनारायण खेरवार ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक सप्तरी,बद्री यादव ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक सप्तरी, राजेश्वर राय ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक सप्तरी,मो. अता उल्ला ( जिल्ला सदस्य फोरम लोकतान्त्रिक सप्तरी,लगायत हजारौं नेता कार्यकर्ता अन्य पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेको पार्टीका सहमहासचिव राजकुमार गुप्ताले बताएका छन् ।





