होलीको दृष्टिगत गर्दै सिरहामा सुरक्षा व्यवस्थामा कडाई उछृंखल गतिविधि गर्नेलाई कार्वाही गर्ने चेतावनी
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०९ फाल्गुन । होलीको दृष्टिगत गर्दै सिरहामा व्यवस्था कडा बनाईएको छ । होली पर्वको नाममा बढ्दै गएको विकृतिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी श्याम ज्ञावालीले बताए । जिल्लामा होलीको नाममा जथाभावी लोला हान्ने, मोबिल लगाउने, जोर जबरदस्ती रंग अबिर लगाउने र पानी हाल्नेलाई कानुनी कारवाही गर्ने उनले बताए । विगतमा होलीमा भएको अप्रिय घटनालाई मध्यनजर तथा होलीको दिन कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले सिरहा सदरमुकाम सहित मातहतका युनिटहरुलाई सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको उनले बताए । होलीको दिन मादकपदार्थ सेवन गरी जथाभावी हो–हल्ला गर्ने, मापसे गरी सवारी चलाउनेलाई समेत कारवाही गर्ने जानकारी एसपी ज्ञवाली चेतावनी दिए ।
यता, होलीको मध्यनजर गर्दै आफ्नो ईलाका भित्र सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक डिएसपी श्याम चौधरीले जानकारी दिए । होली अवधिभर कुनै पनि प्रकारको अप्रिय घट्ना घट्न नदिई शान्ति सुरक्षालाई थप चुस्त दुरुस्त र मजबुद बनाउन ईलाका प्रहरी कार्यालय मिर्चैयाले मजबुद सुरक्षा योजना बनाई व्यापक मात्रामा प्रहरी परिचालन गरेको डिएसपी चौधरीले दाबी गरे । शान्ति सुरक्षाको स्थितीलाई असमान्य बन्न नदिई थप मजबुत पार्न कडाईका साथ ट्राफिक चेकिङ्ग, २४ सै घण्टा सवारी गस्ती, मोटरसाईकल गस्ती, पैदल गस्ती र पिकेट गस्ती परिचालन गरिएको उनले बताए । होलीमा कुनै प्रकारको अ्िरय घटना हुन नदिन माइकिङ्ग समेत गरीएको छ । होलीको बहानामा उछृंखल गतिबिधि गर्ने जो कोहिलाई तत्काली नियन्त्रणमा लिई प्रकृति हेरी कार्वाही गर्ने उनले चेताबनी दिए । यता, होलीको दृष्टिगत गर्दै आपm्नो क्षेत्र भरी मोटरसाइकल चेकजाँचमा कडाइ गरिएको अस्थायी टफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक अर्जुन सोडारीले जानकारी बताए । होली मनाउने बहानामा मादकपदार्थ सेबन गरी मोटरसाइल चलार्ईएको पाईएमा तत्काल गाडी सहित चालकलाई नियन्त्रणमा लिईने नायब निरिक्षक सोडारीले बताए । कुनै अप्रिय घटना हुन नदिन खास गरी मादकपदार्थ सेबन गरी मोटरसाइल चलाइएको, बिना हेल्मेट क्षमता भन्दा बढी व्यक्ति सबार भएको पाईएमा प्रकृति हेरी कानुन बमोजिम कार्बाही गरिने नायब निरिक्षक सोडारीले बताए । यसैबिच होलीको मध्यनजर गर्दै सिरहाको मिर्चैयाको साथै गोलबजार, लहान, सिरहा सदरमुकाम लगायतका स्थानहरुमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाईएकोे छ । यस बर्ष फाल्गुन ९ गते पहाडी भेगमा र १० गते तराई भेगमा होली मनाईदै छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्