माओबादी अध्यक्ष पुष्प कमल दहाल ( प्रचण्ड ) सिरहामा
Advertise Here Book Now
कमल कुमार यादव सिरहा, ३० फागुन । जिविस सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथि भएर आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विरोध गर्ने क्रममा मधेसी मोर्चाका नेताहरुमाथि सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका छन् । कार्यक्रममा हस्तक्षेप गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा पूर्व विनाविभागीय मन्त्री राजलाल यादबसहित पाँच जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव प्रयाग यादब, फोरम नेता कप्लेश्वर यादब, नविन यादब लगायतका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहा लगेको छ । कार्यक्रममा प्रचण्डको विरोध गर्दा तैनाथ सुरक्षाकर्मीहरुले पूर्वमन्त्री यादबसहितका फोरमका नेताहरुलाई कुटपिट गर्दै नियन्त्रणमा लिएका छन् ।
प्रचण्ड मधेस विरोधी भएको भन्दै कार्यक्रम स्थल जिविसको समिक्षा हलमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा समेत देखाए । उनीहरुले कुर्सी समेत प्रचण्डमाथि फ्याक्ने प्रयास गरेका थिए । तर सुरक्षाकर्मीहरुले रोक्यो । कुर्सी फाल्न लाग्दा प्रचण्डलाई सुरक्षाकर्मीहरुले घेरा हालेर बचाएका छन् ।
प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका सभासद हुन् । उनी संविधान जारी हुनुभन्दा अगाडी सुझाव संकलनका क्रममा मिर्चैया आउँदा मोर्चाका नेता तथा कार्यकर्ताहरुले लखेटेर भगाएका थिए । उक्त घटनापछि प्रचण्ड आज सिरहा आएका हुन् ।

