प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाद्धारा अस्विकार
Advertise Here Book Now

तीन पटक प्रधानमन्त्रीले फोन गर्दा पनी देउवा गएन 

ऑनलाइन सिरहा डटकम फागुन ३०। आफ्नो आसन्न चीन भ्रमणको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख दलको बैठकमा सहभागि हुन नेपाली काग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले अस्विकार गरेका छन । बालुवाटारमा बोलाएको बैठकमा सहभागि हुन प्रधानमन्त्रीले देउवालाई तीन पटक टेलिफोन गरेका थिए । तीन पटककै संबादमा देउवाले आफू सहभागि नहुने जानकारी गराएका थिए । प्रधानमन्त्रीले जसरी पनि आउनुस तपाई सभापतिमा निर्वाचित भएपछि यो पहिलो भेटघाट हुने छ भनेर आग्रह गर्दा पनि देउवाले अस्विकार गरिदिएका थिए । अन्तमा देउवाले डा. रामशरण महतलाई बैठकमा सहभागि हुन पठाएको बताईएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्