केपी ओली र प्रचण्डबीच विवाद चर्कियो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २७ । सरकार नेतृत्वकर्ता एमाले र प्रमुख सत्तारुढ घटक एकीकृत माओवादीबीच विवाद चर्केको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चाहनामा सभामुख ओनसरी घर्तीले न्यायाशीध नियुक्ति प्रक्रिया रोकेको भन्दै एमाले रुष्ट बनेको हो ।न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त ११ न्यायाधीश सिफारिस गरेकामा घर्तीले संसदको कार्यसञ्चालन नियमावली अभावमा संसदीय सुनुवाई विशेष समिति गठन नभएको र अपूर्ण संवैधानिक परिषदले गरेको सिफारिस असंवैधानिक रहेको भन्दै फिर्ता पठाइदिएकी थिइन् । सभामुखले निर्णय एमाओवादीको चाहनामा अधिकार क्षेत्रबाहिर गएर निर्णय गरेको आरोप एमाले नेताहरुको छ । न्यायाधीशका लागि आफूले दिएका नाम सिफारिसमा नपरेको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेरै असन्तुष्टि जनाएका थिए । आफ्ना मानिस नपरेपछि एमाओवादी न्यायाधीश नियुक्तिविरुद्ध उभिएको दाबी एमाले नेताहरुको छ । एमाओवादीले निर्णयमा पुनर्विचार गर्न भनेको छ भने एमाले पूरानै सिफारिस अघि बढाउनुपर्ने जिकिर गरिरहेको छ । ‘हामी एमालेसँग सरकारका सहकार्य गरिरहेका छौं’, एमाओवादीका एक नेताले भने, ‘तर आफूले विगतमा सांसद बनाएका व्यक्तिलाई समेत सिफारिस गर्दा कानूनी पृष्ठभूमिका व्यवसायिक दक्षता भएका हाम्रा मानिसको नाम सिफारिस भएन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्