लहान ठाँडी सडकखण्डबाट लागुऔषध गाँजासहित तीन पक्राउ
Advertise Here Book Now

२०७२ चैत ६ गते शनिबार 


लहान, । सिरहाको भगवानपुर– ८ स्थित लहान ठाँडी सडकखण्डबाट सुरक्षाकर्मीको संयुक्त गस्तीटोलीले गएराति लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागुऔषध गाँजासहित सिरहाको नरहारीगोल– ९ निवासी ५० वर्षीय घुरन पासवान, सिरहाको भगवानपुर– ३ निवासी ४५ वर्षीय जोखन मण्डल र भारतको खररीयाथाना निवासी ४५ वर्षीय अमिर यादवलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाको साथबाट प्याकिङ गरेको अवस्थामा अन्दाजी पाँच किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्