पाकिस्तानमा नेपालीको हत्या गर्ने आतंकवादीलाई मृत्युदण्डको सजाय
Advertise Here Book Now

चैत्र ६ । नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहलाई मृत्युदण्ड दिने निर्णयमा पाकिस्तानी सेनापतिले हस्ताक्षर गरेका छन् । सेनापति राहिल सरिफले १३ आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुुसार इर्फानसहितका आतंकवादीलाई सेनाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको २०१३ जुन २२ मा नङ्गा पर्वतमा हत्या भएको थियो । सोनाले २००९ मा पनि नन्गा पर्वतको आरोहण गरेका थिए । तर, २०१३ मा चिनियाँ टोलीसहित नङ्गा पर्वत चढ्न गएको बेला आतंकवादीबाट मारिए । अन्य ८ जना नेपाली शेर्पा भजे बाँच्न सफल भएका थिए । नङ्गा विश्वकै ९औं अग्लो हिमाल हो । घटनमा मारिएका सेना ३५ वर्षका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्