नयाँ शक्तिमा सिरहा होमिए , संयोजकमा यादब, ७५ सदस्यीय परिषद् घोषणा
Advertise Here Book Now

रामभरोसी यादव
सिरहा–नयाँ शक्ति नेपाल सिरहाको अन्तरिम जिल्ला परिषद् घोषणा भएको छ । नयाँ शक्ति नेपाल सिरहाको आयोजनामा भएको विषेश कार्यक्रमबाट जिवछ यादबको संयोजकत्वमा ७५ सदस्यीय परिषद् घोषणा गरेको हो ।परिषदमा जयनारायण यादब, कौशल राम, धनीर सदा, सन्तोष यादब, महेश यादब, नवलकिशोर यादब, प्रमोद यादब, रामकुमार महतो, राजकुमार पासवान, विरेन्द्र ठाकुर, हेमन्त श्रेष्ठ, कामेश्वर सिंह लगायत छन् । घोषणा कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्य र रामरिझन यादब विशिष्ट आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा केन्द्रिय परिषद सदस्यहरु राजेश विद्राही, विष्णुदेव यादब, शिवकुमार साह लगायतको उपस्थिति रहेको थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्