राजधानी केन्द्रीत अहिंसात्मक आन्दोलनले सरकारलाई घुडा टेकाउँछौं : उपेन्द्र यादब
Advertise Here Book Now

सिरहा, १२ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजधानी केन्द्रीत शान्तिपूर्ण अहिंसात्मक आन्दोलनले सरकारलाई घुडा टेकाउने चेतावनी दिएका छन् ।
सिरहाको गोलबजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादबले यस्तो चेतावनी दिए । उनले वार्ताको ढोका बन्द गरी सरकारले बन्दूकले आन्दोलन दमन गर्न खोजे परिणाम भयानक हुने चेतावनी पनि दिए ।
यादवले राज्यविरुद्ध निर्णायक आन्दोलनका लागि समेत तयार रहन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरे । वार्ता र संवाद मार्फ़त समाधान खोज्न सरकार गम्भीर नदेखिएकोले संविधान पुनर्लेखनका लागि आन्दोलनको विकल्प नभएको उनले बताए ।
उनले भने, ‘यो सरकार नश्लवादी, एकलजातीय र गैर समावेशी छ । सरकार गैर जिम्मेवार बनेकोले मधेशी, आदिवासी जनजाति, थारु, मुश्लिम सहित उत्पीड़ित समुदायले मसाल बोकेर आन्दोलनको बिगुल फुक्नुको विकल्प छैन ।’   source:madheshlive

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्