मधेसीको अधिकारका लागि सिंहदरबार घेर्ने भारतीय नेता चोपराको चेतावनी
Advertise Here Book Now
सन्तोष कुमार
सिरहा, २० बैशाख । राष्ट्रिय जनता दलका बिहार राज्यका महासचिव अजय चोपराले नेपालको संविधानमा मधेसीको अधिकार नलेखेको भन्दै काठमाडौं पुगेर सिंह दरबार घेर्ने चेतावनी दिएका छन् ।
सिरहा, २० बैशाख । राष्ट्रिय जनता दलका बिहार राज्यका महासचिव अजय चोपराले नेपालको संविधानमा मधेसीको अधिकार नलेखेको भन्दै काठमाडौं पुगेर सिंह दरबार घेर्ने चेतावनी दिएका छन् ।
सिरहाको लहानमा रिपोटर्स क्लव नेपालद्धारा आईतवार राति आयोजित साक्षात्कार कार्यक्रममा नेता चोपराले भने, ‘मधेसी जनतासँग अन्याय भएको छ । हामी मधेसीको साथ दिन तयार छौं । आवश्यक परे मधेसीको अधिकारका लागि काठमाडौं पुगेर सिंहदरबार घेर्छौं ।’
सिंहदरबार घेरेपछि नेपाल सरकार घुँडा टेक्न बाध्य हुने र मधेसी जनताको अधिकार संविधानमा लेख्ने उनले बताए । संचारकर्मीको जिज्ञासामा उनले भने, ‘हाम्रो पार्टीले सिंहदरबार घेर्न काठमाडौं पुग्नेबारे निर्णय अहिले गरेका छैन् । तर निर्णय हुनसक्छ ।’
नेता चोपराले मधेस आन्दोलनमा भारतीय जनताको समर्थन रहेको बताए । उनले मधेस आन्दोलनलाई निष्कर्षमा पुर्याउन आफ्नो पार्टीले सिमावर्ती ४० भन्दा बढी शहर तथा गाउँमा सभा गरेको पनि बताए । उनले मधेसी जनतासँग सदियौंदेखि रहेको रोटी–बेटीको सम्बन्ध कसैले तोड्न नसक्ने पनि भने ।
लोकतान्त्रिक देश नेपालमा शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले मधेसका जनतमाथि गोली बर्साई हत्या गरिरहँदा हामी बिहारका जनतालाई पनि दुःख लागेको पनि उनले बताए । मधेस सुरक्षित नहुँदा बिहार असुरक्षित हुने भएकोले मधेसी जनता अधिकारसम्पन्न हुनुपर्ने उनको भनाई थियो ।


