सत्ताको बलमा भूमिको असमान वितरणका कारण लाखौं परिवार भूमिहिन ः दर्जि
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, ०८ भदौ ।सत्ताको बलमा भूमिको असमान वितरणका कारण आज समस्या भएको राष्ट्रिय भूमिअधिकार मञ्चका राष्ट्रिय अध्यक्ष ल्याम बहादुर दर्जिले बताएका छन् । मञ्चको पाँचौं सिरहा जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दर्जि भने “भूमि प्राकृतिक स्रोत हो, कसैको निजी सम्पति होइन” । नयाँ संविधानले भूमिहिनको ७० प्रतिशत समस्याको सम्वोधन गरेको छ, तर, ऐन, कानुन, नीति बनाउने ठाउँमा जमिन्दार भएकाले त्यसको कार्यान्वयन सजिलै नहुने अध्यक्ष दर्जिले बताए । संविधान कार्यान्वयन गराउनको लागी राष्ट्रिय भूमिअधिकार मञ्चले खवदारी जारी राख्नुपर्ने बताए । खवदारीको लागि अव सिंहदरवार, वानेश्वर मात्र हैन, सानेपा, धुमवाराही, पेरिसडाडा, बालकुमारी, बद्धनगरसम्म पुग्न तयार रहनु पर्ने दर्जिले सुनाए । उनले, ‘भूमिहिन सुकुम्वासीको समस्या सम्वोधन गराउन स्थानीय निकायमा पहुँच हुनु पर्ने भन्दै अवको दिनमा स्थानीय निर्वाचनमा हाम्रो पहुच र नेतृत्व कायम गर्न पर्छ, त्यसकोलागि पनि हामी सचेत रहनु पर्छ ।’ उद्घाटन मन्तव्यकै क्रममा मञ्चका महासचिव सरस्वती सुव्वाले भूमिहिन सुकुम्वासीको समस्याप्रति राज्य गैर जिम्मेवार बनेको प्रति दुःख व्यक्त गरे । उनले राज्यले यो समस्यालाई समयमै सम्वोधन गर्न नसके यसले विकराल रुप लिन सक्ने बताए । उहाँले ०७१ सालको सुकुम्वासी आयोगमा ८ लाख ६१ हजार नीन सय १७ निवेदन परेका थिए तर त्यो निवेदन सर्वोचको आदेशमा अहिलेसम्म रोकेर राखेको छ । यसरी सुकुम्वासीमाथि सवैतिरबाट घेराबन्दी भईरहेको उनले बताए । सरकारले हलिया परिचयपत्र वितरणको लागि १० करोड रकम छुट्याएको भएपनि त्यसको काम अझै सुरु हुन नसकेको प्रति दुःख व्यक्त गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरिनारायण चौधरी, नेकपा –क्रान्तिकारी माओवादीका दिपेश लामा, नयाँ शक्ति नेपालका जिवछ यादव, मधेसी जनअधिकार फोरम नेपालका वेचन महतोले मन्तव्य व्यक्त गरेका थिए । उहाँहरुले भूमिहिन सुकुम्वासीलाई राज्यले वसोवासको व्यवस्था मिलाउनु पर्ने बताए । अझैपनि धरै मानिस अरुको जमिन, सडक किनार र खोलाको तिरमा जोखिमपूर्ण ढंगले बसिरहको भन्दै उनीहरुको सुरक्षित बसोवासको व्यवस्था राज्यले गर्नुपर्ने बताए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोविन्दराज विष्ट, दलित जनकल्याण युवा क्लव, लहानका कार्यकारी निर्देशक विनोद कुमार विसुन्के, राष्ट्रिय कृषि समूह महासंघ, नेपालका सिरहा जिल्ला अध्यक्ष मुक्तिनारायण यादव लागाएतका बक्ताहरुले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भूमिहिनको जिल्ला अध्यक्षमा मोक्तान निर्वाचित
राष्ट्रिय भूमिअधिकार मञ्च सिरहाको पाँचै जिल्ला सम्मेलनले चन्द्रवहादुर मोक्तानको अध्यक्षतामा १३ सदस्यि जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह सचिवमा क्रमशः श्यामदेवी दास, जयप्रकाश राम, आशा देवी साह र शिवलाल पासमान सर्वसम्मतल चैत हुनुभएको छ । सम्मेलनको उदघाटन प्रमुख अतिथि मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जिले गरेका थिए ।


