किन काटियो सिरहामा दर्जनौ ग्राहकको लाइन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम भदौ ९ ।लामो समयदेखि विद्युत महसूल नबुझाएका उपभोक्ताहरुको विद्युत कनेक्शन काट्ने राष्ट्रिय अभियान अन्तर्गत सोमवार देखि शुरु गरेको हो ।प्राधिकरणले अहिले सम्म करिब एक दर्जन ग्राहकहरुको लाइन काटि सकेका छन् । ३ महिना सम्मको रकम बुझाउन बाँकी रहेको र २० हजार भन्दा अधिक रकम भएका ग्राहकहरुको लाइन काट्ने गरेको सिरहा विधुत प्राधिकरणले जानकारी दिएको हो । एक नगरपालिका र २७ गाविसलाई हेर्दै आएका सिरहा प्राधिरणको २८ हजार ग्राहक रहेको छ । त्यस मध्ये लाइन काट्ने अभियानमा ठुलो उद्योग अर्थात सि लेभलका लाइन प्रयोग गर्दै आएका ग्राहकहरुको लाइन काट्ने गरेको जनाएको छ । सवित्रि रायस मिल, विपिन रायस मिल, ठाकुर रायस मिल, कल्पना रायस मिल, सत्यकबिर रायस मिल, गोन्दि साह रायस मिल, साहेब रायस मिल, शम्भु रायस मिल, लक्ष्मी रायस मिल, दिलीप रायस मिलको लाइन काटि सकिएको र बाँकि रहेका रकम नबुझाउने ग्राहकहरुको लाइन काट्ने अभियान जारी रहेको बताएका छन् । उक्त ग्राहकहरु माथी करिब १४ लाख रुपैयाँ बाँकि रहेको सिरहा विधुत प्राधिकरणका प्रमुख जितेन्द्र यादवले जानकारी दिए उनले भने, ‘अहिले पनि विद्युत चुहावट दुई प्रकारले भइरहेको छ । प्राविधिक र अप्राविधिक गरी दुई तरीकाले ४७ प्रतिशत विद्युत चुहावट अहिले पनि भइरहेकोले हामीले आवश्यक कदम अगाडि बढाएको उनले थपे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्